बुधबार २४ जेठ २०८०

मोडल निशा घिमिरेको जिवनमा फर्कियो खुसी, ह्वील चेयरमा बस्ने भइन
June 22, 2021 3
facebook sharing button Sharetwitter sharing button Tweetemail sharing button Emailsharethis sharing button Sharemessenger sharing button Share
काठमाडौं । मोडल तथा कलाकार निशा घिमिरेको जिवनमा खुसी फर्किएको छ । करिब तीन वर्ष निकै गम्भिर अवस्थामा घरमै रहेकी उनलाई नर्भिक अस्पतालले उद्दार गरी उपचार सुरु गरेको थियो । भारतको दिल्लीमा दुर्घटनामा परेपछि उनी हलचल गर्न नसक्ने अवस्थामा घरमै थिइन् । उपचार अभावमा उनको अवस्था दिन दिनै खस्कदै गएको थियो ।

विभिन्न मिडियामा उनीबारे समाचार आएपछि नर्भिक अस्पतालले घरमै पुगेर उद्दार गरेको हो । अस्पतालले उनको उपचार निशुल्क गरिरहेको छ । घिमिरेको जिवनमा नर्भिकका प्रबन्ध निर्देशक मेघा चौधरी मसिहा बनेर आएकी थिइन् । नर्भिक पुगेको भोलिपल्टदेखि नै उचित उपचार, राम्रो आहार पुगेपछि उनको अनुहारमा खुसी देखिएको थियो ।

अहिले शरीरका घा उहरु निको हुन थालेका छन् भने अन्य स्वास्थ्य अवस्थामा पनि सुधार भइरहेको छ । उनी ह्वील चियरमा बस्न सक्ने समेत भएकी छन् । तीन वर्ष सम्म विस्तरामा मात्र रहेकी उनी नर्भिकमा उपचार थालेपछि चियरमा बस्न सक्ने भएकी हुन् ।

अस्पतालले उनलाई ह्विलचेयर थेरापी, म्युजिक थेरापी लगायतका विभिन्न विधिबाट उनको उपचार गरिरहेको छ । डा। पंकज जलान नेतृत्वको टिमले उनको उपचार गरिरहेको छ । उनी आफै पनि चलमलाउन थालेको उपचारमा संलग्न चिकित्सकले जनाएका छन् ।

घरमा हुँदा बोल्न नसक्ने तर अरुको कुरा सुनेर आँशु मात्र खसाउन सक्ने निशा अहिले केही प्रतिकृया समेत दिन सक्ने भएकी छन् । अरुको कुरा सुनेर केही बुझे जस्तो अनुहारले हाउभाउ जनाउँछिन् । उनले पछिल्लो समय बोल्ने समेत कोशिस गरेको उपचारमा संलग्न चिकित्सकले जनाएका छन् । भोक लाग्दा समेत उनले संकेत गर्छिन । यद्धपी उनलाई खाना भने सिधै खुवाउने गरिएको छैन । पाइप मार्फत खाना पेटसम्म पुर्याएको छ ।


Last Updated on: June 22nd, 2021 at 6:30 pm
४१५ पटक हेरिएको

तपाईको प्रतिक्रिया