
आमालाई बस चढाएर फर्केकी छोरीको त्यहीँ बसले किचेर मृत्यु
June 22, 2021 11
14
Shares
facebook sharing button Sharetwitter sharing button Tweetemail sharing button Emailsharethis sharing button Sharemessenger sharing button Share
काठमाडौं, ८ असार । बसको ठक्करबाट आमालाई घर पठाएर फर्केकी गोरखाकी एक युवतीको मृत्यु भएको छ । काठमाण्डौंको बालाजुमा यात्रुबाहक बसको ठक्करबाट मोटरसाइकमा सवार गोरखा जिल्ला भिमसेन थापा गाउँपालीका ८ बोर्लाङ्ग भदुवारथोककी २४ बर्षिय लक्ष्मी परियार मृत्यु भएको प्रहरीले जनाएको छ ।
बालाजु गंगालाल सडकखण्डमा ना ४ ख ४२२९ नम्बरको धादिङ यातायातको बसले बा ६६ प ८३८४ नम्बरको मोटरसाइकलाई ठक्कर दिएको प्रहरी निरीक्षक गम्भीर जंग थापाले जानकारी दिनुभयो । दुर्घटनामा परि गम्भीर घाइते हुनुभएकी परियारको ट्रमा सेन्टर उपचारका पुर्याइएको थियो ।
बसको ठक्करबाट मोटरसाइकलका चालक गोरखा जिल्ला शहिद लखन गाउँपालीका ७ का ३४ बर्षिया सिताराम परियार सामान्य घाइते भएका छन् । मृतक परियारका आफन्त रोशन परियारका अनुसार उनी आफ्नी आमालाई गाउँ पठाउनका लागी बसमा चढाएर फर्किने क्रममा सोहि बसले परियार चढेको मोटरसाइकललाई ठक्कर दिएको थियो ।
अहिले घटनाको मुचुल्का तयार पारी शवलाई टिचिङ अस्पतालमा पोष्टमार्टमका लागी लैजाने तयारी भैरहेको छ । दुर्घटना लगत्तै बस र चालक धादिङ निलकण्ड नगरपालीका ३ का पुर्णहरी खत्री प्रहरी नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । मृतकको आफन्तले प्रहरी चौकी उजुरी दिएपछि घटनाका बिषयमा थप अनुसन्धान गरिने प्रहरी निरीक्षक थापाले जानकारी दिए ।