
दार्चुला: पौडी खेल्ने क्रममा ह्युम पाइपभित्र अड्किएर २ जनाको मृत्यु
June 22, 2021 13
facebook sharing button Sharetwitter sharing button Tweetemail sharing button Emailsharethis sharing button Sharemessenger sharing button Share
दार्चुला: दार्चुलामा पौडी खेल्ने क्रममा ह्युम पाइपभित्र अड्किएर २ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा व्याँस गाउँपालिका–४ का १७ वर्षीय प्रकाश खत्री र दुहुँ गाउँपालिका–४ ब्रह्मदेवका १२ वर्षीय रमित कुँवर रहेका छन् । दुवै जना सदरमुकामस्थित खलंगा बजारमा बस्दै आएका जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी नरेन्द्र बहादुर चन्दले जानकारी दिए।****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पछिल्लो समय गरेका अधिकांश निर्णय सर्वोच्च अदालतले उल्ट्याइदिएको छ । सर्वोच्च अदालतले नेकपा भंग गरेपछि पूर्ववत अवस्थामा फर्किएका नेकपा एमालेको अध्यक्षको हैसियतले ओलीले गरेका निर्णय पनि सर्वोच्चले उल्ट्याइदिएको छ । कर्णाली प्रदेशमा सांसदलाई गरेको कारवाही देखि काम चलाउ प्रधानमन्त्री बनेपछि मन्त्रीपरिषद् विस्तारका निर्णय सर्वोच्चले उल्ट्याइदिएको हो ।
सर्वोच्चको पछिल्लो निर्णयले राजनीतिलाई थप जटिलता तर्फ लैजाने ठहर नेकपा एमालेले गरेको छ । सत्तारुढ नेकपा एमालेले मन्त्रिपरिषद् विस्तार र पुनर्गठन बदर गर्न सर्वोच्च अदालतले दिएको अन्तरिम आदेशले थप जटिलता उत्पन्न हुने टिप्पणी एमाले नेताहरुले गरेका छन् । एमाले प्रवक्ता प्रदिप ज्ञवालीले अन्तरिम आदेशलाई अप्रत्याशित भन्दै अदालत यस्ता विषयमा प्रवेश गर्दा राजनीति थप जटिलतातर्फ धकेलिने बताए ।
अदालतका निर्णयहरुलाई एमालेले सधैं मानेको तर यस्ता आदेश र फैसलाहरुले ल्याउने जटिलताबारे विचार विमर्श हुनुपर्ने बताए । अन्य केही एमाले नेताहरुले पनि सर्वोच्चले राजनीतिक निर्णय लिएको टिप्पणी सामाजिक सञ्जालमा गरेका छन् ।