मंगलबार १२ आश्विन २०७८

बलिउडकी चर्चित गायिका नेहा कक्कडलाई नचिन्ने सायद कमै होला ।

उनको आवाजको कारण उनलाई अहिले पुरै संसारले चिन्छन् । नेहा कक्कडले सोशल मिडियामा एक पोस्ट शेयर गरेपछि उनको त्यो कुराले अहिलेसम्म पनि चर्चा पाइरहेको छ ।

PROMOTED CONTENTAdskeeper

Stop Disappointing In Bed! Try This Method!
829
207
276

Make Your Own Product For Your Scalp
92
23
31

It Must Have Been A Kind Of Hell For A Little Chrissy Metz
197
49
66

केहि समय पहिला नेहाले नयाँ घरको दुई तस्विर शेयर गरेकी थिइन् । यी तस्विरलाई शेयर गर्दै नेहाले आफ्नो १२ वर्षको संघर्षको कहानी बताएकी छन् । नेहा सिनेमा जगतमा आउनुभन्दा पहिला एक कोठामा भाडामा बस्थिन् । तर अहिले उनीसँग शानदार घर रहेको छ ।आफ्नो पुरानो दिनलाई सम्झिदै नेहाले इंस्टाग्राममा दुई तस्विर शेयर गरेकी हुन् ।

एक तस्वीर नेहाको पुरानो घरको हो, जहाँ उनी जन्मेकी थिइन् । नेहा कक्कडले लेखेकी छिन्, ‘यो त्यो बंगला हो जुन अहिले हाम्रो छ । दोस्रो घर ऋषिकेश जहाँ म जन्मिएकी थिए ।त्यस घरमा हामी कक्कड परिवार एउटा कोठामा बस्थ्यौ । त्यहाँ मेरी आमाले एक टेबल राखेकी थिइन, जुन हाम्रो किचेन थियो । त्यो घर हाम्रो आफ्नै थिएन । हामीले भाडा तिर्थ्यौ । अहिले जब म एउबटै शहरमा मेरो आफ्नै यस बंगलालाई देख्छु तब म सधैँ भावुक हुन्छु ।’ नेहाले अगाडी लेखिन् ,”मेरो परिवारलाई धन्यवाद ! आमाबुबा , हजुरआमा र मेरो शुभचिन्तकलाई पनि ।’

नेहाको यस पोस्टमा थुप्रै स्टारले प्रतिक्रिया दिएका छन्। कमै मान्छेलाई यो थाहा छ कि सिनेमा जगतमा आउनुभन्दा पहिला नेहा र उनको दिदि र दाई भजन गाउथे ।‘इन्डियन आइडल’ मा प्रतिस्पर्धीको रुपमा आएपछि नेहालाई सफलता मिल्यो र त्यसपछि उनले सफलताको सिडी चढिन् ।

नेहाले ‘इंडियन आइडल’ मा प्रतिस्पर्धीको रुपमा भाग लिएपछि म्यूजिक एल्बम निकालिन जसको नाम ‘नेहा द रक स्टार’ थियो । जुन २००८ सालमा आएको थियो । उनको यो कुराले अझैपनि निकै चर्चा पाउने गरेको छ ।


Last Updated on: June 22nd, 2021 at 11:51 pm
२५५ पटक हेरिएको

तपाईको प्रतिक्रिया