शुक्रबार १५ मंसिर २०८०

चर्चित अभिनेत्री मनिषा कोईराला आमा बन्दै ?
June 22, 2021 91
39
Shares
facebook sharing button Sharetwitter sharing button Tweetemail sharing button Emailsharethis sharing button Sharemessenger sharing button Share
नेपाली चेली तथा बलिउड अभिनेत्री मनिषा कोईराला आमा बन्ने भएकी छिन् । उनी बिबाह नै नगरी आमा बन्न लागेकी हुन् तर यो रियल नभएर रिल लाईफको कुरा हो । साउथमा राम्रो नाम कमाएका अभिनेता अल्लु अर्जुनको सुपरहिट फिल्म अला बैकुण्ठपुरमलु’ को हिन्दी रिमेकमा मनिषालाई आमाको

भुमीकामा देखिने भएको हो । एकता कपुरले यस फिल्मलाई हिन्दी रिमेक गर्दैछिन् । मनिषाले यो फिल्ममा नायक अल्लु अर्जुनको आमाको भुमीका निर्बाह गर्दैछिन् । तर खास गज्जबको कुरा के भने यो हिन्दी रिमेकमा अल्लु अर्जुनको र पुजा हेगडको ठाउँमा कार्तिक आर्यन र कृति सेनन लाई देख्न पाईनेछ । रोहित धवनका अनुसार मनीषालाई आमाको रोल खेल्दिन गरेको आग्रह स्विकार्य भएको छ ।

नेपाल कम्युनिष्ट पार्टी एमाले भित्रै रहने या अलगै हुनेबारे नेता माधव कुमार नेपालसम्बन्धि आज फैसला हुँदैछ । यो एमालेले कर्णालीमा फ्लोर क्रस गर्ने पार्टीका चार जना सांसदहरूलाई कारबाही गर्न नमिल्ने सर्वोच्चको आदेशमा पुनरावलोकन निवेदन भ्याकेट को आज सुनुवाइ पछि यसको फैसला हुने भएको हो । यसको सुनवाई न्यायाधीशद्वय आनन्दमोहन भट्टराई र हरिप्रसाद फुयालको इजलासमा हुँदैछ ।

तर नेता नेपाल भने एमालेको भ्याकेटमा जाने निर्णय सही नभएको भन्दैछन् । उनले पार्टी अध्यक्ष केपी ओलीले छल गरेको र खेल खेलेको आरोप समेत लगाएका छन् । नेता माधवकुमार नेपालले अध्यक्ष केपी ओलीलाई फेसबुकमा एक स्टाटस लेखेर छल गरेको आरोप लगाएका छन् । नेता नेपालले एकताको प्रयासलाई ओलीले भंग गर्न खोजेको आरोप समेत लगाएका छन् । नेता नेपालले फेसबुकमा एक स्टाटस लेखेर आफ्नो धारणा राख्दै नेपालले कर्णाली प्रदेशका सांसद एवम् पार्टीका नेताहरूमाथि विधान विपरित गरिएको कारबाहीलाई अदालतले उल्ट्याएपछि ओली फेरि भ्याकेटमा जानुले एकता नचाहेको पुष्टी भएको दावी गरेका छन् ।

भ्याकेटमा जाने निर्णयबाट पार्टीलाई एकता भंग गर्ने दिशामा लग्न खोजिएको प्रस्ट बुझ्न सकिन्छ भनेर नेता नेपालले भनेका छन् । नेपालले आफूहरुले एकता बचाउन गरेको प्रयासलाई कमजोरीको रुपमा नलिन चेतावनी पनि दिएका छन् ।

नेता नेपाल लेख्छन्, कर्णाली प्रदेशका सांसद एवम् पार्टीका नेताहरूमाथि विधान विपरित गरिएको कारबाहीलाई अदालतले उल्ट्याएपछि फेरि भ्याकेटमा जाने निर्णयबाट पार्टीलाई एकता भंग गर्ने दिशामा लग्न खोजिएको प्रस्ट बुझ्न सकिन्छ । स्थायी समितिका नेतामाथि कथित कारबाही, फेरि उहाँहरुसँगै वार्ता पनि गर्ने दोहोरो चरित्रले विभिन्न शंका उब्जाएकै थियो । जिम्मेवार भएर पार्टी एकता बचाउन अधिकतम लचक भएर प्रस्तुत हुँदा त्यसलाई कमजोरीका रुपमा लिएको जस्तो देखियो ।

सत्ता जोगाउन संविधानका विरोधी र दक्षिणपंथी तत्वसँग आत्म स म र्प ण गर्ने, एकताविरोधी हर्कतलाई जारी राख्ने कुराले एकताबद्ध पार्टी बनाउने प्रयासविरुद्ध को कुन रूपमा लागेको छ । सहजै देख्न सकिन्छ । असल नियतका साथ गरिएका अनौपचारिक वार्ता र सम्वादलाई रणनीतिका रुपमा प्रयोग गर्नेहरु र एकता विरोधी तत्वहरूसंग सावधान हुन सबैको ध्यानाकर्षण गर्न चाहन्छु


Last Updated on: June 23rd, 2021 at 12:18 am
७७७ पटक हेरिएको

तपाईको प्रतिक्रिया