बिहिबार १९ माघ २०७९

काठमाडौं, २३ मंसिर – कतार फिफा विश्वकप २०२२अन्तर्गत शनिबारबाट सुरु हुने क्वार्टरफाइनलमा अर्जेन्टिना र नेदरल्यान्ड्सबीच प्रतिस्पर्धा हुनेछ । खेल नेपाली समय अनुसार राति पौने एक बजे लुसेल आइकोनिक रंगशालमा हुनेछ ।

दुई टोलीबीच पछिल्लो भेट सन् २०१४ को सेमिफाइनलमा भएको थियो । निर्धारित र अतिरिक्त समयमा खेल बराबरी भएपछि पेनाल्टी सुटआउटमा गएको थियो । जहाँ लिओनल मेसीको कप्तानीमा अर्जेन्टिना विजयी भएको थियो ।

सोहि हारको बदला लिने लुइस भान गाल प्रशिक्षणमा रहेको नेदरल्यान्ड्सको योजना छ । भर्जिन भान डाइकको कप्तानीमा नेदरल्यान्ड्स पछिल्लो १९ खेलमा अपराजित छ ।

यता मेसी भने पाँचौपटक विश्वकप खेल्दैछन् । उनको यो अन्तिम विश्वकप समेत हो । पछिल्लो समय विश्वकपमा मेसी उच्च लयमा छन् । त्यसैले पनि सबैको नजर मेसी माथि हुन्छ नै । मेसीलाई जुलियन अल्भारेज, एन्जल डि मारिया, एन्जो फर्नान्डेज, एलेक्स म्याक एलिस्टर, रोड्रिगो डि पाउल जस्ता खेलाडीको साथ हुनेछ ।

काठमाडौं ।

अर्जेन्टिनाका कप्तान लिओनल मेसीले कतारमा भइरहेको फिफा विश्वकप २०२२ जित्न सक्ने चार दाबेदारको नाम बताएका छन् ।

शनिबार गोल गर्दै अर्जेन्टिनालाई अष्ट्रेलिया विरुद्ध २-१ को जित दिलाएपछि उनले आप्नो टिमसहित चार दाबेदारको नाम लिएका हुन् । ‘अर्जेन्टिना दाबेदारमध्ये एक हो । अर्जेन्टिना पावर हाउस हो र सधैं उत्कृष्ट मध्येमा पर्छ, मेसीले भने, ‘हामीलाई थाहा छ हामी दाबेदारमध्ये एक हौं। तर हामी अष्ट्रेलिया विरुद्ध जस्तै मैदानमा त्यसका लागि प्रमाणित गर्नुपर्छ ।’

 

यस्तै अरु दाबेदार बारे सोधिएको प्रश्नमा मेसीले तीन टिमको नाम लिए । उनले ब्राजिल, फ्रान्स र स्पेनले पनि विश्वकप जित्न सक्ने बताए । ‘क्यामरुन विरुद्ध हारे पनि ब्राजिलले धेरै राम्रो गरिरहेको छ । उनीहरु अझै ठूलो दाबेदारको रुपमा छन्,’ ब्राजिलबारे मेसीले भने ।

मेसीले फ्रान्स र स्पेनले राम्रो खेलिरहेको र उनीहरुबाट बल निकाल्न कठिन हुने समेत बताए । उनीहरुलाई जित्न कठिन हुने समेत मेसीले बताए । ‘फ्रान्सले पनि राम्रो गरिरहेको छ र जापानसँग हारेपनि स्पेनले राम्रो खेलिरहेको छ ।’

 

मेसीले जर्मनी समूह चरणबाट बाहिरिनु आश्चर्य भएको बताए । चार पटकको च्याम्पियन लगतार दोस्रो पटक विश्वकपको समूह चरणबाटै बाहिरिएको छ । ‘उनीहरु बाहिरिएकोमा म धेरै सरप्राइज्ड भएँ,’ मेसीले भने, ‘उनीहरुसँग धेरै उच्च स्तरका खेलाडी थिए र उनीहरु युवा टिम थिएँ जो सधा विश्वकपमा राम्रव टिममध्ये पर्छ ।’

मेसीले जर्मनी पहिलो चरणबाट बाहिरिनुले पनि विश्वकप कति कठिन छ भनेर देखाएको बताए । ‘यो आश्चर्य छ किन उनीहरु फेरि पहिलो चरणबाट आउट भए तर यसले विश्वकप कति कठिन छ भनेर देखाएको छ,’ मेसीले भने, ‘अब राष्ट्रिय टोलीको नामले महत्व राख्दैन, तर तपाईंले पिचमा के देख्नुहुन्छ । सबै कुरा झन्-झन् समान हुँदै गइरहेको छ ।’


Last Updated on: December 9th, 2022 at 12:43 pm
४८ पटक हेरिएको

तपाईको प्रतिक्रिया