
घर चितवन भए पनि म काठमाडौँमा हुर्केको मान्छे। पढाइमा एभरेज नै छु। स्कुलको बेला एउटा केटा धेरै मन पथ्र्यो र म अहिले ऊसँग रिलेसनमा पनि छु। मलाई ऊ एकदमै राम्रो लाग्छ। म मेरो जीवन ऊसँगै बिताउन चाहन्छु तर मेरो बानी–व्यवहार एकदम खत्तम छ। ऊ अहिले अमेरिकामा पढ्दैछ। ऊ पढ्नमा पनि राम्रो छ।
उसको परिवार पनि एकदम बुझ्ने किसिमको नै पाएँ। उसको परिवार देख्दा मलाई धन पनि भएको र मन पनि भएको भन्न मन लाग्छ। त्यस्तो केटा मैले अरु पाउँदिन भन्ने मलाई थाहा छ। हामीबीच ‘सबै’ कुरा भैसक्यो। ऊ विदेश गएपछि मैले यता बिटिटिएम पढेँ। म पढ्ने कलेजमा अरु फ्याकल्टी पनि छ।
अर्को फ्याकल्टीको एउटा केटासँग मैले फ्लर्ट पनि गरेँ।ऊसँग सम्बन्ध अगाडि पनि बढ्यो तर मलाई मेरो प्रेमी छ
भनेर एकचोटी पनि याद आएन। हामी फिजिकल नि भयौँ। त्यसपछि पो म झसङ्ग भएँ। मलाई रिग्रेट लागेर आयो। त्यहाँदेखि मैले ऊसित दुरी बनाएँ।
एक वर्षपछि मैले कलेजको सेकेन्ड ब्वाइफ्रेन्डलाई ब्रेकअप दिएँ। अमेरिकामा भएको ब्वाइफ्रेन्डसँग कुराकानी जारी नै थियो। त्यसको तीन महिनापछि नै मेरो अर्को एक जनासँग फेरि शारी-रिक स-म्बन्ध भयो। बेहोसीकै तालमा भए पनि हामीबीच के–के भएको थियो, त्यो मलाई याद थियो।मेरो केटी भन्दा बढी त केटा साथी नै छन्। अरुसँग बोलचाल मात्र हुन्थ्यो। भेट हुँदा पनि जिस्किने गर्थें तर फिजिकल्ली चैँ कहिले भएन। यो लकडाउनमा फेरि एक
जनासँग सम्बन्धमा छु। म मेरो बानी देखेर आफैँ हैरान भैसकेँ।मलाई के भैराखेको छ ? मलाई नै थाहा छैन। मलाई सबैले माया गर्दिए हुन्थ्यो जस्तो लाग्छ अनि सबैसँग राम्ररी बोल्दा के–के गर्न पुग्छु याद पनि हुन्न। पहिलाको कुरा सम्झेर अहिले म कोहीसँग बोल्दिनँ, बोल्न पनि मन लाग्दैन। आफूले आफैँलाई कन्ट्रोल गरेकी छु तर पनि मलाई डर लाग्छ, फेरि म अरुसँग सम्बन्ध त गाँस्दिनँ ?
यहाँ यति धेरै घट ना घटिसके कि यो कुरा मेरो पहिलो ब्वाइफ्रेन्डलाई केही पनि थाहा छैन। मलाई भन्ने हिम्मत पनि छैन किनकि म आफूले आफूलाई नै कसरी नराम्रोदेखाऊँ ? ममा यति धेरै नेगेटिभिटी जमिसक्यो कि अमेरिकाको ब्वाइफ्रेन्डसँगको सम्बन्ध पनि बढाउन सकिरहेकी छैन। म उसलाई धेरै माया गर्छु तर ऊसँग सम्बन्धलाई निरन्तरता दिन पनि सकिरहेकी छैन।
सानैदेखि धेरै माया गरेकी थिएँ तर अहिले आएर मलाई ऊ इरिटेटिङ लाग्न थालेको छ। मैले आफैँले कसरी यस्तो गर्न सक्या होला जबकि म कसैलाई यति धेरै माया गर्छु भन्ने नलाग्ने होइन। उसका लागि म आफ्नो ज्यान दिन पनि तयार छु। तर यता आएर सम्बन्ध गडबडाइरहेको महसुस भइरहेको छ। यस्तो बेला म के गरौँ
यो पनि पढ्नुहोस
एक्लो जीवन रोमाञ्चक हुन्छ कि वैवाहिक जीवन ?
जीवन विताउनका लागि श्रीमान् वा श्रीमती नै चाहिन्छ त रु दाम्पत्य जीवन विताउनै पर्छ रु यसमा एउटा ठूलो जमातले सहमतिको टाउको हल्लाउन सक्छन् । तर, एउटा जमात यस्ता पनि छन्, जो दाम्पत्यलाई बन्धन ठान्छन् र त्यसबाट उन्मुक्त जीवन विताउन राजी हुन्छन् । विवाह गर्नैपर्छ भन्नेमा सबैको राय मिल्छ भन्ने छैन ।
कतिपय यस्ता हुन्छन्, जो विवाहलाई अनिवार्य ठान्दैनन् । उनीहरु विवाह नगरी एक्लो जीवन विताउनमै कल्याण मान्छन् । अहिले त केसम्म हुन्छ भने, कुनै पुरुष वा महिलाबाट सन्तान जन्माउने र अविवाहित आमा वा बुवाको रुपमा जीवन विताउने ।
विवाह गर्नैपर्छ त
न त विवाह हाम्रो परम्परा हो । संस्कृति हो । प्रकृतिले पनि दुई विपरित लिं’गीको समायोजनलाई स्विकारेको छ । सृष्टि निरन्तरताको लागि पुरुष र महिलावीच संसर्ग हुनैपर्छ । उनीहरु शारीरिक रुपमा एक हुनैपर्छ । प्रकृतिको यो नियमले पनि पुरुष र महिलालाई अलग अलग राख्दैन । उनीहरुको दुई ज्यानलाई एकाकार गराउँछ । विवाहको प्रचलन विश्वमै छ । हाम्रा पितापूर्खाहरुले यसलाई निरन्तरता दिदै आए ।
पौराणिक शास्त्रहरुले यसको महत्व र आवश्यक्तालाई उजागर गरिदिए । विवाह आफैमा व्यवस्थित र नियोजित कर्म हो, जसले वंश परम्परालाई निरन्तरता दिन्छ । पूर्विय संस्कारमा जीवनको विभिन्न संस्कार उल्लेख गरिएको छ । त्यसमध्ये एउटा संस्कार विवाह पनि हो । विवाहपछि मानिसहरु गृहस्थी जीवनमा प्रवेश गर्छन् । गृहस्थी जीवन भनेको दाम्पत्य एवं पारिवारिक संरचनाको निर्माण गर्नु पनि हो ।
त्यसो भए विवाह गर्नैपर्छ त
यसमा मत विभाजित छ । विवाह गर्नैपर्छ भन्ने केही छैन । हाम्रै ऋषिमुनीहरुले व्रम्हचार्यको महत्वमाथि पनि मन्थन गरेको छ । दाम्पत्य जीवन मात्र होइन कामवासना र यौ न बाट समेत मुक्त भएर पालना गर्ने आचार संहिता हो यो ।
विवाह बन्धन कि बाध्यता
हुन त विवाहलाई हामी ‘वन्धन’ पनि भन्छौं । अर्थात ‘विवाह वन्धन’ । उन्मुक्त जीवन विताउन चाहनेहरुका लागि यस्तो वन्धन स्विकार्य हुँदैन । उनीहरु विवाह गर्ने, पति वा पत्नीसँग आफुलाई समायोजन गर्ने, बालबच्चा जन्माउने, हुर्काउने, घर व्य वहार चलाउने कुरालाई झन्झट ठान्छन् । र, अनावश्यक पनि । जीवनलाई मस्त भो ग गर्नका लागि उनीहरु विवाह नगरी बस्न रुचाउँछन् ।
हामी भन्छौं पनि ‘विवाह एक सम्झौता हो ।’ यसमा आफुले चाहेजस्तो, आफुले खोजेजस्तो सबै कुरा प्राप्त हुँदैन । फरक पृष्टभूमी, फरक सोंच र फरक प्रवृत्तिका दुई महिला र पुरुष जीवनभर एकाकार हुन वा समायोजन हुँदा उनीहरुले ‘मेरो गोरुको बाह्रै टक्का’ गर्न मिल्दैन पनि ।
यसको अर्थ के भने, विवाह गरेपछि कतिपय आफ्ना रहर, इच्छा, सोंच, चिन्तन त्याग्नुपर्छ । अर्को व्यक्ति पति वा पत्नी को कतिपय गल्ती, कमजोरी पनि स्विकार्नुपर्छ । त्यसैले जीवनलाई जसले जसरी बुझ्छन्, त्यही अनुरुप जिउने छुट छ । विवाह वाध्यकारी होइन । विवाह नगरी पनि जीवन सुखपूर्वक विताउन सकिन्छ ।
गृहस्थी सुखको कुरा
तर, अर्काथरी जो विवाहलाई प्राकृतिक रीत ठान्छन् । उनीहरु यसलाई जीवनकै एक अंश ठान्छन् । एक्लो जीवन निरास र वेसाहारा हुने उनीहरुको बुझाई हुन्छ । त्यही कारण माटोको भर ढुंगालाई, ढुंगाको भर माटोलाई भनेजस्तै जीवनको सुखदुखमा साथ र सहयोग आदनप्रदान गर्दै बाच्नका लागि विवाहलाई अपरिहार्य मान्छन् । उनीहरु गृहस्थी जीवनमै सुख खोज्छन् ।
विभिन्न अध्ययनले के पनि देखाएको छ भने, विवाहित पुरुष वा महिलाभन्दा अविवाहितहरुको आयु कम हुन्छ । एउटा उमेर चरणमा पुगेपछि उनीहरुमा एक्लोपन, छटपटी हुन्छ र त्यसैले विभिन्न किसिमको समस्या पैदा गर्छ । जबकी दाम्पत्य जीवन विताइरहेकाहरुले अक्सर एक्लोपनको अनुभव गर्नु पर्दैन । अनलाईन खबर बाट