मंगलबार २३ जेठ २०८०

राजस्व विभागका पूर्वमहानिर्देशक सहित तीन जनालाई १ अर्ब ३३ लाख बढीको मुद्दा दायर
June 23, 2021 3
facebook sharing button Sharetwitter sharing button Tweetemail sharing button Emailsharethis sharing button Sharemessenger sharing button Share
काठमाडौ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आन्तरिक राजस्व विभागका तत्कालीन महानिर्देशक चुडामणि शर्मासहित तीनजना विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कर फछर्यौट आयोग, २०७१ का सदस्यसमेत रहेका शर्मासहित अध्यक्ष लुम्बध्वज महत, सदस्यद्वय उमेशप्रसाद ढकालविरुद्ध विशेष अदालत, काठमाडौंमा मुद्दा दायर गरेको हो । तीनजनाबाट विगोवापत एक अर्ब ३३ लाख २० हजार ३ सय ८५ कायम गरी आरोपपत्र दायर गरिएको अख्तियारका प्रवक्ता नारायणप्रसाद रिसालले बताएका छन् ।****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******

फिलिपिनो सरकारले गाडी तस्करहरूलाई चेतावनी दिन २१ वटा लक्जरी कार नष्ट गरेको छ। शुक्रबार सरकारको आदेशमा अनुमानित अमेरिकी १.२ मिलियन डलरको गाडी नष्ट गरिएको अटो हिन्दुस्तानले जनाएको छ।

केही समयअघि पनि फिलिपिन्स सरकारले १७ वटा लक्जरी गाडी नष्ट गरेको थियो। यो गतिविधिलाई लिएर त्यसबखत र अहिले समेत विभिन्न अखबार र सामाजिक सञ्जालहरूमा चर्चा चलिरहेको छ। गाडी तस्करहरू विरुद्ध सरकार गम्भिर रहेको सन्देश पठाउन र तस्करहरूलाई पाठ सिकाउन यसो गरेको फिलिपिन्स सरकारको भनाइ छ।

शुक्रबार नष्ट गरिएको गाडीमध्ये म्याकलरेन ६२० आर, पोर्श ९११, बेन्ट्ले फ्लाइगं एसपी, मर्सिडिज एसएलके, हुन्डाईं जेनेसिस्स कुप, टोयोटा सोलारा र बाकीँ मिटसुबिशीको जीपहरू थिए।

ब्युरो अफ कस्टमका अनुसार यी सबै गाडीहरू विभिन्न ठाउँबाट तस्कर गरी ल्याइएको हो। यी गाडीहरू सन् २०१८ देखि २०२० को बीच विभिन्न क्षेत्रबाट भेटिएका हुन्।

तस्करीका गाडीहरू ‘पर्सुटेन्ट टु प्रेसिडेन्सियल डिरेक्टिभ २०१७-४४७’ अन्तर्गत नष्ट गरिएको उल्लेख छ। फिलिपिन्सका राष्ट्रपति रोड्रिगो रोओ डुटर्टीले पटक–पटक तस्करी भएका गाडी नष्ट गर्नुपर्ने तर्क दिदैँ आएका थिए।

शुक्रबारको घटनाअघि फेबुअरी ९ मा फिलिपिन्स सरकारले बिएमडब्लु जेड १, फरारी ३६० स्पाइडर, ल्यामबर्गिनी ग्यालर्डोलगायत १७ वटा गाडी नष्ट गरेको थियो।

यस प्रकारको गतिविधिमा त्यहाँका जनताले मिश्रित प्रतिक्रिया जनाइरहेका छन्। धेरैजसो मानिस ती तस्करीका गाडीहरू अक्सनमा बिक्री गर्न सकिने सुझाव दिइरहेका छन्।


Last Updated on: June 23rd, 2021 at 4:17 pm
३७५ पटक हेरिएको

तपाईको प्रतिक्रिया