शुक्रबार १५ मंसिर २०८०

भोजपुरमा दलित युवाले श्रेष्ठ थरकी युवतीसंग गरेको विवाह छुटेपछि छोडे संसार
June 23, 2021 4
facebook sharing button Sharetwitter sharing button Tweetemail sharing button Emailsharethis sharing button Sharemessenger sharing button Share
काठमाडौ । काठमाडौमा दलित भएकै कारण कोठा भाडा नदिएको घटना प्रहरीमा पुगेको बेलामै भोजपुरमा भने एक दलित युवकले अन्तरजातिय विवाह छुटेपछि संसार छोडेका छन् । उनी मृ त फेला परेका छन् । उनलाई यस्तो अवस्थामा पुर्याउने काममा वडाध्यक्ष नै संलग्न भएको भन्दै मानवअधिकारकर्मीले आवाज उठाएका छन् ।

विज्ञप्ती जारी गर्दै वडाध्यक्षलाई कारवाहीको माग गरिएको छ ।उनलाई वडाध्यक्षकै अगुवाईमा प्रहरी कार्यालय भित्रै या त ना दिएपछि युवकले यस्तो निर्णय गरेको भन्दै मानवअधिकारकर्मीले कारवाहीको माग गरेका हुन् ।

भोजपुरको षडानन्द नगरपालिका– १४ बोयाका १९ वर्षीय संगम ठटाल (दर्जी)को मृत्यु भएको हो । उनी जंगलमा मृ त फेला परेका थिए । ट्याक्टरको काम गर्ने दर्जी जेठ १५ गते मृत भेटिएका थिए । विपन्न परिवारका संगमको षडानन्द–१३ बोयाकै श्रेष्ठ थरकी किशोरीसँग प्रेम थियो । जेठ १० गते उनीहरुले प्रेम विवाह गरेका थिए । सो घटना प्रहरीमा पुगेपछि युवती १६ वर्षकी भनेर प्रहरीले जनप्रतिनिधिको रोहवरमा दुवैलाई आफन्तको जिम्मा लगाइदिएको थियो ।

भोलिपल्ट निस्किएका संगम दुई दिनसम्म घर फर्किएनन् । खोजी गर्दा उनी जंगलमा मृ त फेला परेका थिए । तर यता वडाध्यक्ष रोकाले भने कक्षा ८ मा अध्ययनरत किशोरी १६ वर्षकी भएकाले दुवै पक्षलाई छलफलमा बोलाएर आफन्तको जिम्मा लगाइएको बताए । दुवै पक्ष राजी भएपछि प्रहरीले जिम्मा लगाएको तर ठटालको मृत्युपछि अनेक आरोप आएको बताएका छन् ।


Last Updated on: June 23rd, 2021 at 7:14 pm
५०० पटक हेरिएको

तपाईको प्रतिक्रिया