शुक्रबार ०५ आश्विन २०८०

‘एयर एसिया’की एयर होस्टेज कृजनाको फ्लाइट अनुभव (फोटो फिचर)
Uncategorized
May 2, 2021AdminLeave A CommentOn ‘एयर एसिया’की एयर होस्टेज कृजनाको फ्लाइट अनुभव (फोटो फिचर)
काठमाडौं। सानोमा आकाशमा हवाइजहाज उडेको देख्दा कृजना डंगोललाई लाग्थ्यो, ‘यसरी आकाशमा उड्न पाए पनि हुन्थ्यो ।’ उनी सोच्थिन्, ‘अकाशमा उड्दा कस्तो होला ?’ तर, अहिले उनै कृजना १० घण्टासम्म आकाशमै उड्छिन्।

May be an image of 1 person, hair, standing, outerwear and outdoors

‘मेरो अकाशमा उड्ने सपना पूरा भएको छ’ दुई वर्षदेखि ‘एयर एसिया’मा एयर होस्टेसको रुपमा कार्यरत कृजनाले सुनाइन् । एयर एसिया मलेसियन एयरलाइन्स हो । त्यसैले बढीजसो मलेसियामै बस्दै आएकी कृजना कोरोना महामारीका कारण नेपाल आएकी हुन् ।

कोरोना संक्रमणको महामारी र त्यसले निम्ताएको लकडाउनका कारण एयरलायन्सले फ्लाइटमा कटौती गरेपछि विदामा आएकी कृजना भन्छिन्, ‘सामान्य अवस्था आएपछि फेरि जान्छु।’

May be an image of 1 person, hair and outdoors

एयर होस्टेस भएपछि कृजनाले विश्वमा १० भन्दा बढी मुलुक देखिसकेकी छन् । एयर एसियाले उडान भर्ने मुख्य मुलुकहरु अमेरिका, अष्ट्रेलिया, चीन, जापान, कोरिया, इण्डोनेसिया, भारत, जापानलगाययत हुन् । ती देशमा कृजनाले पुगिरहेकी हुन्छिन् । उनले पहिलो व्यवसायी उडान नै अष्ट्रेलियाको गरेको बताइन् । कृजनालाई आनन्द लाग्ने पनि अष्ट्रेलिया फ्लाइट गर्दा नै हो । कृजनाले फ्लाइट अनुभव सुनाउँदै भनिन्, ‘मलाई अष्ट्रेलिया फ्लाइट गर्दा आनन्द लाग्छ । अष्ट्रेलिया फ्लाइटमा नेपाली प्यासेन्जर पनि भेटिन्छन् । तर, अरु देशको फ्लाइट गर्दा एक जना पनि नेपाली हुँदैनन्।’

May be an image of 1 person and hair

उडानमा आफ्नो अनुभव सुनाउँदै कृजनाले थपिन्, ‘सुरु सुरुमा उडान गर्दा डर लाग्थ्यो । अहिले पनि ल्याण्ड गर्ने बेलामा डर लाग्छ ।’ आफू भन्दा पनि प्यासेन्सरको ख्याल गर्ने कुरामा डर लाग्ने गरेको उनले सुनाइन् । १० घण्टासम्म लामो फ्लाइट गर्दा छुट्टै आनन्द लाग्ने कृजनाले बताइन् । ‘दैनिक एक फ्लाइट मात्र परेको हुन्छ’ उनले भनिन्, ‘कुनै कुनै फ्लाइट १० घण्टासम्मको हुन्छ ।’ एयर एसियाले सबैभन्दा बढी फ्लाइट चीन र इण्डोनेसिया गर्छ । त्यसपछि भारत, अमेरिका र जापान । ती सबै देशमा कृजना उड्दै आएकी छन्।

May be an image of 1 person, standing, outerwear, mountain and sky


Last Updated on: June 23rd, 2021 at 7:01 pm
५४० पटक हेरिएको

तपाईको प्रतिक्रिया