बिहिबार ११ आश्विन २०८०

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
काममा कठिनाइ सहनु पर्ला होसीयारी पूर्वक काम गर्नु होला । यातायातका साधनबाट पनि जोग्गिनु होला । विशेष योजना गोप्य राख्नुहोला । बन्न लागेको काम पनि बिग्रन सक्ने दिन छ, होस पुर्याउनु होला । घरेलु समस्याले सताउने हुँदा काममा अवरोध आउनेछ । त्यसै त्यसै दिक्क लागेर आउनेछ ।

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)
सहयोगीहरूले काममा साथ दिनेछन् । अनौठो तरिकाबाट रुपैँया पैसा प्राप्त हुने दिन रहेको छ । आम्दानी प्रशस्तै बढ्नेछ । नयाँ योजनाहरुको पनि सिर्जना हुने दिन छ । परिश्रम गर्दा अरुको विश्वास पनि जित्न सकिनेछ । अधुरा काम बनी मन हर्षित हुने दिन छ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)
मनोरञ्जनात्मक तरिकाबाट काम बनी मन हर्षित हुनेछ । पुराना साथीभाइसँग पनि भेट होला । भौतिक साधन जुट्नेछन् । नउठ्ने रकम उठ्ने दिन छ, मन प्रफुल्ल रहला । प्रयास गर्दा प्रेममा सफलता पाउने र बैवाहिक बन्धन प्राप्तीको योग छ । टाढाको यात्रा पनि होला ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)
परिवारजनमा असमझदारी बढ्नेछ । मान्यजन वा अभिभावकवर्ग रुष्ट हुन सक्छन्, विचार गर्नु होला । ईष्या गर्नेहरू सक्रिय रहनेछन् । छरछिमेकमा झगडा हुन सक्छ, एकदमै सावधान रहनु होला । गलत विचार बढ्ने, समयमा निर्णय नहुँदा काममा अवरोध आउने साथै झै झगडा पनि होला ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)
प्रतिष्ठित काम गरेर धेरैको मन लोभ्याउन सकिनेछ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिने छ । नयाँ काममा समय मात्र बित्नेछ । नोकरीमा आज अल्छी लाग्न सक्छ । व्यापारमा सफलताले मन रमाउन छ । धन मनग्य कमाउने अवसर मिल्नेछ । जागीरमा पनि ठिकै छ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)
मान सम्मान बढ्नेछ । सुखको अनुभुति हुनेछ । सन्तान पक्षबाट सुखको समाचार सुन्न पाइने छ । दिन मनोरञ्जनपूर्ण रहनेछ । व्यापार र रोजगारीका क्षेत्रमा लाभ मिल्नेछ । समग्रमा दिन रमाइलो छ । ठूला व्यक्तिको आशा र भरोसा पनि तपाइ प्रति रहनेछ । बोल्दा धेरै कामहरु सहज हुनेछन् ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)
कुनै नयाँ कामको स्रोत फेला पर्ने दिन छ । जागिरमा भने समस्या देखा पर्ने देखिन्छ । व्यावसायिक यात्राको सम्भावना छ । सामाजिक कार्यमा मन जाने छ । विविध लाभ पनि होला । सहयोग र नयाँ मित्रको आगमनले अन्तत आफ्नो मन प्रसन्न हुनेछ । धनको लाभ पनि होला ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)
आज तपाइको सोच्दै नसोचेको ठाँउमा धन जादैछ । सामान्य रोगले पनि सताउने छ, होसियार रहनु होला । उपचारमा खर्च हुने योग छ । सामान्य ज्वरो आउन सक्छ, खानपानमा होस पुर्याउनु होला । परिश्रमले आफ्नो लक्ष्य पूरा गर्न सकिनेछ । नोकरी र राजनितीमा केहि अप्ठ्याराको सामना गर्नुपर्ने छ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)
विचारले धेरैलाई आकर्षण गर्ने समय छ । साथै, ब्यापार ब्यावसायबाट राम्रो लाभ पनि लिन सकिन्छ । विभिन्न अवसरले पछ्याउनेछन् । स्वास्थ्य स्थिति राम्रो रहनुका साथै काम गर्ने जाँगर बढ्ने छ । नयाँ काम पाउने योग छ । पढाइमा राम्रै उन्नति गरेर अगाडी बढ्न सकिनेछ, दिन राम्रै छ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)
काम गर्न जाँगर चल्नेछ, उत्साहवर्द्धक समय छ । आम्दानी बढ्न सक्छ, दिन रमाइलो साथ बित्नेछ । भविष्यका लागि विशेष काममा जग बसाउने अवसर जुट्नेछ । धनको पनि लाभ होला । आटे गरेका काम पुरा भइ धनको लाभ हुन सक्छ । ब्यापारमा पनि सामान्य लाभ हुने देखिन्छ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)
बोलीको प्रभाव बढ्नुका साथै सजिलै काम बन्ने योग छ । टाढाको यात्राको पनि संभावना रहेको छ । गरेका कामबाट राम्रै लाभ मिल्नेछ । यात्राको लागि एकदम राम्रो समय रहेको छ । ब्यापारमा गरेका प्रयासहरु सकारात्मक रहनेछन् । यात्रा पनि रमाइलो हुनेछ । साथीभाइसंग भेटघाट पनि होला ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)
आज तपाइको अनावश्यक रुपमा पैसा खर्च हुनेछ । काम गर्नमा खासै मन नजाला । बाध्यतापूर्ण काममै समय बित्न सक्छ । ब्यापार ब्यवसायमा घाटा बेहोर्नु पर्ला, सावधान रहनु होला । समय त्यति राम्रो छैन, गलत विचार बढ्ने छ । समयमा सहि निर्णय गन सकिदैन ।


Last Updated on: June 24th, 2021 at 12:07 am
३६५ पटक हेरिएको

तपाईको प्रतिक्रिया