आइतबार ०७ आश्विन २०८०

पतिबाट ६ महिनादेखि अलग रहेकी अभिनेत्री एवं सांसद गर्भवती भएपछि…
June 23, 2021 5
facebook sharing button Sharetwitter sharing button Tweetemail sharing button Emailsharethis sharing button Sharemessenger sharing button Share
अभियनबाट राजनीतिमा प्रवेश गरेकी तृणमुल कांग्रेसकी सांसद नुसरत गर्भवती छिन्। उनी गर्भवती भएपछि उनको चर्चा पनि चुलिएको छ। मानिसहरुले उनी गर्भवती भएपछि प्रश्नसमेत तेर्स्याइरहेका छन्। उनी गर्भवती हुँदा मानिसहरुको टाउको दुखाइको विषय किन बन्यो?

खासमा नुसरत र उनका पति निखिल जैनबीच पछिल्लो समय असमझदारी रहेको छ। पछिल्लो समय उनीहरुबीच बोलचालसमेत नरहेको बताइन्छ। पतिसँग बोलचाल बन्दको हल्लासँगै नुसरत र अभिनेता यश गुप्ताबीच प्रेम सम्बन्ध रहेको चर्चा पनि चल्दै आएको छ। यही कारणले होला उनको ‘प्रेगनेन्सी’लाई लिएर मानिसहरुले थरिथरिका कुरा काट्न थालेका हुन्।

यसैबीच लेखक तसमीला नसरिनले नुसरतलाई पति निखिलसँग सम्बन्ध विच्छेद गर्न सुझाव दिएकी छन्। ‘नुसरतको खबर यतिबेला चर्चामा छ। उनी गर्भवती छिन्। उनको पतिलाई यसबारे कुनै जानकारी छैन। दुबै छ महिनादेखि अलग-अलग बस्छन्। तर नुसरतको यश नामको अभिनेतासँग प्रेम सम्बन्ध छ,’ उनले फेसबुकमा लेखेकी छन्।

उनले यही कारण नुसरतले पति निखिलसँग सम्बन्ध विच्छेद गरेको राम्रो भनेर सुझाएकी हुन्।

यता यशले पश्चिम बंगालको चुनावका दौरान नुसरतसँग प्रोफेशन सम्बन्धमात्र रहेको प्रष्ट पारेका थिए। खासमा यश विजेपी समर्थित हुन्।

नुसरतले गत जुन २०१९ मा निखिलसँग टर्कीमा विवाह गरेकी थिइन्।


Last Updated on: June 24th, 2021 at 12:21 am
३१८ पटक हेरिएको

तपाईको प्रतिक्रिया