
चलचित्रकर्मी सामाजिक कार्यलाई प्रचार गरेर मिडियामा तारिफ पाउन उनीहरु सधै लालयित हुन्छन् ।
कलाकारले गर्ने सामाजिक कार्य अरुका लागि पनि प्रेरणादायी हुने भएकाले उनीहरुको सक्रियताको ठूलो अर्थ राख्छ ।
PROMOTED CONTENTAdskeeper
Stop Disappointing In Bed! Try This Method!
184
46
61
It Must Have Been A Kind Of Hell For A Little Chrissy Metz
391
98
130
Make Your Own Product For Your Scalp
69
17
23
चलचित्र रिलिजको बेलामा दर्शकलाई ‘भगवान’ भन्दै हलसम्म आउन नमस्कार गर्ने चलचित्रकर्मी तीनै दर्शकलाई आपत्त पर्दा कती सक्रिय हुन्छन् ?
नेपालले विगत डेढ बर्षदेखि कोरोनाको महामा-री भोगिरहेको छ । केही दिन अगाडि मात्र बाढी पहिरोका कारण देशका धेरै ठाउँका मानिसहरु समस्यामा परेका छन् ।
अक्सिन अभावमा अक्सिन संकलन र वितरणमा सक्रियतादेखि खानेकुरा वितरण, बाढी प्रभावितलाई सहयोग वितरणमा कलाकारको सक्रियता देखियो । चलचित्र क्षेत्रमै रहेर समस्यामा परेका प्राविधिकरुलाई आर्थिकदेखि खाद्यन्न सहयोगमा पनि थुप्रै कलाकार सक्रिय रुपमा लागे ।
तर, नेपाली चलचित्र क्षेत्रका केही स्टार कलाकारको मौनता महामारीमा पनि उदेकलाग्दो देखियो ।
नायक अनमोल केसीलाई चलचित्र क्षेत्रले ‘मेगास्टार’ भन्ने गरेको छ । नेपाली चलचित्रमा सर्वाधिक महंगो पारिश्रमिक लिने नायक हुन् उनी । तर, महामारी, लकडाउन, बाढी पहिरोको समयमा पनि अनमोल सामाजिक संजाल र भौतिक रुपमा खासै सक्रिय देखिएनन् । बरु, उनी सामाजिक संजालमा विभिन्न विज्ञापनका पोष्टहरु राख्दै प्रमोशनमा नै सक्रिय देखिए ।
नायक प्रदिप खड्काको सक्रियता पनि खासै देखिएन । नेपाली चलचित्र सर्वाधिक महंगो पारिश्रमिक लिने अर्का नायक हुन् प्रदिप । चलचित्र ‘प्रकाश’को छायांकन सकेर काठमाण्डौ फर्किएको भोलीपल्ट नै निषेधाज्ञा भएपछि प्रदिप पनि घरमै रहे । तर, उनको सक्रियता न त सामाजिक संजाल न त भौतिक रुपमा नै देखियो ।
नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह पनि यो समयमा मौन नै रहिन् । सामाजिक संजालबाट अनलाइन कपडा विक्री गर्दै आएकी साम्राज्ञीको यो समयमा पहिरनकै प्रमोशनका तस्वीर बढी देखियो । भौतिक रुपमा कुनै पनि समयमा सक्रिय नदेखिएकी यी नायिकाले सामाजिक संजालबाट जनचेतना जगाउने, कुनै पनि बिषयमा आवाज उठाउने गरेको खासै पाइदैन । उनी, नेपाली चलचित्रकी सर्वाधिक महंगी नायिका हुन् ।
नेपाली चलचित्र क्षेत्रका केही कलाकार सक्रिय रुपमा सामाजिक सेवामा सक्रिय रहँदा केही ‘स्टार’ कलाकारको मौनता भने दुःखद हो । पक्कै दर्शकले पनि यो कुराको मनन गरेको हुनुपर्छ ।https://himalayadainik.com/बाट साभार