
आफूले रकम तिरेअनुसारको इन्टरनेट नचलेपछि इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंकको कार्यालय घेराउ गरिएको छ ।
वर्ल्डलिंकको काठमाडौंस्थित कोटेश्वरमा शाखा घेराउ गरिएको हो । कार्यालय घेराउ गर्न पुगेका सेवाग्राहीहरुले इन्टरनेट नचलेको, कस्टमर केयर सिस्टम राम्रो नभएको, इन्टरनेट नचलेको समयमा पनि रकम काटिएको लगायतका गुनासो गरेका थिए ।
***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****
पछिल्लो समयमा नेपालमा सर्वाधिक धेरै ग्राहकहरु रहेको वर्ल्डलिंकको सेवामाथि बेलाबेला प्रश्चचिन्ह आउने गरेका छन् ।
कार्यालय घेराउ गर्न पुगेका सेवाग्राहीहरु ।
वर्ल्ड लिंक कम्युनिकेशन लिमिटेडले गैरकानूनी रुपमा टेलिभिजन सिंग्नल वितरण गरिरहेको तथा राज्यलाई रोयल्टी समेत नतिरेको भन्दै केही समयअगाडी सञ्चार तथा सूचनाप्रविधि मन्त्रालयमा लिखित उजुरी परेको थियो ।
नेपाल दूरसञ्चार प्रधिकरणले चैत २०७७ मा सार्वजनिक गरेको एमआइएस प्रतिवेदनका अनुसार वर्ल्ड लिंकका देशभर ४ लाख ६८ हजार भन्दा बढी ग्राहक छन् भने नेपाल टेलिकमको एडिएसल र एनटी फाइवर प्रयोग गर्नेको संख्या २ लाख ८९ हजार छ ।
४० वटा इन्टरनेट सर्भिस प्रोभाइडर हुँदा वर्ल्ड लिंकको बजार हिस्सा ३२ प्रतिशत भन्दा बढी छ ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला **
***
आन्तरिक राजस्व विभागका पूर्वमहानिर्देशक सहित तीन जनालाई १ अर्ब ३३ लाख बढीको मुद्दा दायर
काठमाडौ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आन्तरिक राजस्व विभागका तत्कालीन महानिर्देशक चुडामणि शर्मासहित तीनजना विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कर फछर्यौट आयोग, २०७१ का सदस्यसमेत रहेका शर्मासहित अध्यक्ष लुम्बध्वज महत, सदस्यद्वय उमेशप्रसाद ढकालविरुद्ध विशेष अदालत, काठमाडौंमा मुद्दा दायर गरेको हो । तीनजनाबाट विगोवापत एक अर्ब ३३ लाख २० हजार ३ सय ८५ कायम गरी आरोपपत्र दायर गरिएको अख्तियारका प्रवक्ता नारायणप्रसाद रिसालले बताएका छन् ।
आयोगको अध्यक्षका रुपमा लुम्बध्वज महत तथा सदस्यद्वय उमेशप्रसाद ढकाल र चुडामणि शर्मा ढकालले अधिकार क्षेत्रभन्दा बाहिर गइ करदातासँग कर फर्छ्यौट सम्झौता गरी राजस्व रकम चुहावट गरेको सम्बन्धमा मुद्दा दायर गरिएको हो ।
उनीहरुले एक अर्ब ३३ लाख २० हजार ३८५ रुपैयाँ वक्यौता कर छुट दिएको पुष्टि भएपछि उनीहरुविरुद्ध मुद्दा दायर गरिएको आयोगले जनाएको छ ।