मंगलबार १२ मंसिर २०८०

काठमाडौं, असार ९ । ईंटा उद्योगले खनेको खाल्डोमा जमेको पानीमा डुबेर एकैघरका दाजु र भाइको मृत्यु भएको छ ।

प्रहरीका अनुसार सर्लाहीको मलंगवा नगरपालिका–११ गम्हरिया निवासी सद्दाम अन्सारीका ८ वर्षीय छोरा रेआज र ६ वर्षीय छोरा नेआज अन्सारीको बुधबार मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रबक्ता मदन कुँवरका अनुसार पौडी खेल्ने क्रममा डुबेका दाजुभाइलाई तत्कालै ईंटा उद्योगका मजदुर र गाउँलेले पानीबाट निकालेर उपचारका लागि मलंगवा अस्पतालमा पुर्‍याएलगत्तै उनिहरुको मृत्यु भएको हो ।

यस्तै मोरङको रङ्गेली नगरपालिकामा चट्याङका कारण एक जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् । बुधबार दिउँसो वर्षासँगै एक्कासि परेको चट्याङले लागेर रङ्गेली नगरपालिका–६ मलङ्गथानका २० वर्षीय नितेश रायको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायव उपरीक्षक मानबहादुर राईका अनुसार चट्याङले लागेर अन्य चार जना घाइते भएका छन् । पिठारीको रुखमुनि गफ गरेर बसिरहेका बेला परेको चट्याङले लागेर चार जना घाइते भएका थिए । चट्याङले लागेर गम्भीर घाइते भएका रायको उपचारका क्रममा रङ्गेली अस्पतालमा मृत्यु भएको डिएसपी राईले बताए ।

 


Last Updated on: June 24th, 2021 at 11:43 am
५४६ पटक हेरिएको

तपाईको प्रतिक्रिया