बिहिबार ११ आश्विन २०८०

बिष्णु बरालको सासुआमा र फुपू पक्राउ(भिडियो हेर्नुहोस)
Uncategorized
June 24, 2021AdminLeave A CommentOn बिष्णु बरालको सासुआमा र फुपू पक्राउ(भिडियो हेर्नुहोस)
बिहे गरेको २७ दिन मै २३ वर्षीय बिष्णु बरालको रहस्यमय मृत्यु भएको छ । पोखरा महानगरपालिका २२ खाल्से दोबाटेमा माईती घर भएकी बिष्णुको बैशाख १७ गते वुटवलको मणीग्राम मन्दिरबाट बिहे भएको थियो । रूपन्देही जिल्लाको सैनामैना नगरपालिका वडा नंः १ बर्मा चोक आसपास घर भएका प्रदिप भट्टराईसँग बिष्णु बरालको राजिखुशी बिहे भएको थियो। माईती पक्षबाट बिहेको सम्पुर्ण ब्यबस्थापन बेहुली आफैले गरेकी थिईन् ।

बिहे भएको २७ दिनमा जेष्ठको १४ गते बिष्णु मृत फेला परिन् । मृतककी आमा अझै पनि छोरीले आ.त्मह.त्या गरेको हो भनेर पत्याउन सकेकी छैनन । मागी विवाह गरेकी उनको २७ दिन मै मृत्युको खबरले उनकी आमा अझै विछिप्त छिन ।

यसै बीच मृतक बिष्णु बरालकी आमाको टोली छोरीको घरमा पुगेकी छन । उनीहरु छोरीको सासुससुरा र ज्वाईसंग केहि प्रश्न सोध्न त्यहाँ पुगेकी हुन् । उनिसंगै सैयौ गाउलेहरु पनि त्यहाँ पुगेका छन । सारा गाउलेको दवाव पछी बिष्णुको सासूआमा र फुपूलाई पनि पक्राउ गरेको छ ।

भिडियो यहाँबाट हेर्नुहोस ।

अन्तरिक्षमा जान लागेका बेजोसलाई पृथ्वीमा फर्किन नदिन ५६ हजार बढीले गरे हस्ताक्षर

काठमाडौं । आउँदो महिना विश्वका सर्वाधिक धनी व्यक्ति, अमेजनका संस्थापक एवं स्पेस कम्पनी ब्ल्यु
ओरिजिनका मालिक जेफ बेजोस अन्तरिक्ष यात्रामा जाँदैछन् ।

ब्ल्यु ओरिजिनले आगामी २० जुलाईमा न्यू सेपहार्ड रकेट र क्याप्सुल सिस्टमलाई क्रु मेम्बरसहित अन्तरिक्षमा प्रक्षेपण गर्दैछ,
जसमा बेजोस, उनका भाइ मार्क बेजोस र अन्य चार जना गरी कुल ६ जना यात्रु हुने तय गरिएको छ ।

न्यु सेफर्ड रकेटको पहिलो मानवयुक्त यात्रामा जाने तयारीमा रहेका जेफ बेजोसलाई स्पेसबाट फर्किन दिनुहुन्न भनी हस्ताक्षर संकलन सुरु भएको छ ।
बेजोसले आफू अन्तरिक्ष यात्रामा जाने इन्स्टाग्रामबाट जानकारी गराएको तीन दिनपछि एकैपटक हस्ताक्षर संकलनको कार्यक्रम सुरु भएको थियाे ।

हस्ताक्षर संकलन भएको १० दिनकाे आवधिमा ५६ हजारभन्दा बढी याे अभियानमा सहभागी भइसकेका छन् । जसमध्ये ‘डु नट अलाउ जेफ बेजोस
टु रिटर्न टु अर्थ’ अर्थात् जेफ बेजोसलाई पृथ्वीमा फर्किन नदिउँ भन्ने नाराउक्त हस्ताक्षर कार्यक्रममा ३८ हजारभन्दा बढीले सहभागी भइसकेका छन् ।

पृथ्वीमा होस् या अन्तरिक्षमा, अर्बपतिको अस्तित्व हुनुहुन्न भनी उल्लेख गरिएको उक्त पिटिसनमा धेरैले कारणसहित हस्ताक्षर गरका छन् । हस्ताक्षर गर्ने
एकजनाले उनीहरुलाई पृथ्वीमा पुनः आउन दिनु ‘प्रिभिलेज’ हो, जुन राम्रो होइन भनेर कमेन्ट गरेका छन् ।

त्यस्तै कतिपयले पृथ्वीले जेफ बेजोस, एलन मस्क, बिल गेट्सजस्ता अर्बपती नचाहेको भनी कमेन्ट गरेका छन् । त्यस्तै ‘पिटिसन टु नट अलाउ जेफ बेजोस
रि–इन्ट्री टु अर्थ’ नामक अर्को हस्ताक्षर संकलन कार्यक्रममा पनि १९ हजारभन्दा बढीले हस्ताक्षर गरिसकेका छन् ।
अभियानमा कूल ७५ हजार हस्ताक्षर संकलन गर्ने तयारी गरिएको छ । टेकपानाबाट साभार गरियको


Last Updated on: June 24th, 2021 at 3:15 pm
४४९ पटक हेरिएको

तपाईको प्रतिक्रिया