आइतबार ०७ आश्विन २०८०

पेटबाट जोडिएका दुई भाईको ६८ वर्षको उमेरमा मृ’त्यु
June 24, 2021 4
facebook sharing button Sharetwitter sharing button Tweetemail sharing button Emailsharethis sharing button Sharemessenger sharing button Share
काठमाडौं । शरिर जोडिएका दुई भाईको ६८ वर्षको उमेरमा मंगलबार मृ’त्यु भएको छ। रोनी र डोनी नामका ति व्यक्तिको अमेरिकामा मृ’त्यु भएको हो।उनीहरुको शरिर पेटबाट जोडिएको थियो।

ति दुईले विश्वमैै लामो समय एकापसमा जोडिएर जिवित रहनेको रेकर्ड आफ्नो नाममा गरेका थिए। उनीहरुले सन् २०१४मा उक्त रेकर्ड बनाएका थिए। डाक्टरका अनुसार उनीहरुको मृ’त्यु प्राकृतिक नै हो।

पेटबाट जोडिएको ती दुईको मलद्वार एउटै थियो। तर दुई भाईको मुटु अलग अलग रहेको थियो। यस्तै उनीहरुको हातखुट्टा सामान्य मानिसको जस्तै थियो। उनीहरुको जन्म सन १९५१ अक्टोबर २८मा भएको थियो।

यो पनि पढ्नुहोस् , सर्वोच्च अदालतको संवैधानिक इजलासमा अहिले संसद विघटनविरुद्धको मुद्दामा बहस भैरहेको छ । बुधबारबाट प्रतिनिधि सभा विघटन सम्बन्धी रिटमाथि निरन्तर बहस हुनेछ ।

बहसका क्रममा वरिष्ठ अधिवक्ता शम्भु थापाले विश्वासको मत नपाएको व्यक्ति प्रधानमन्त्री रहिरहने व्यवस्था संसारमा कहीँ पनि नरहेको उल्लेख गरेका छन्।

प्रतिनिधि सभा विघटन मुद्दामा बुधबार सर्वाेच्च अदालतको संवैधानिक इजलासमा रिट निवेदकका तर्फबाट बहस गर्दै उनले शेरबहादुर देउवालाई १४९ जना सांसदले समर्थन गर्ने भनिसकेपछि त्यसको परीक्षण प्रतिनिधि सभामा किन नगरिएको भन्दै प्रश्न उठाए।

‘१४९ जनाले समर्थन गर्ने भनिसकेपछि शंका लागे परीक्षण गर्न फ्लोर टेष्ट गर्नुपर्दैन? अधिकारको प्रयोग राष्ट्रपतिले के गर्नु भो, हामीले हेर्ने त्यो हो। माननीय ज्यूहरूको मतदान गर्ने अधिकार रोकियो’, थापाले भने, ‘श्रीमानहरूले भोटिङ राइट के हो हेर्नुपर्‍यो।’


Last Updated on: June 24th, 2021 at 6:38 pm
७७४ पटक हेरिएको

तपाईको प्रतिक्रिया