मंगलबार १२ मंसिर २०८०

प्रहरीले सन्तोषी सुब्बा ह.त्या प्रकरणमा एक युवकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सिन्धुपाल्चोकका २१ वर्षीय सुरेश तिमल्सिना रहेको प्रहरीले जनाएको छ ।

प्रहरी स्रोतका अनुसार तिमल्सिनाले सुरुमा सन्तोषीलाई ब.ला.त्कार प्रयास गरेको तर सन्तोषीले प्रतिकार गरेपछि घाँटी थिचेर ह.त्या गरेको स्विकार गरेका छन् । ह.त्या गरेपछि अनुहार चिन्न नसकियाेस् भनेर महिलाको पहिचान लुकाउन सन्तोषीको अनुहार भरि ढुंगाले प्र.हार गरेकाे बयानमा युवकले स्वीकार गरेका छन् ।

सन्तोषीको ह,त्या आरोपी सार्वजनिक, ब,ला,त्का,रको प्र,तिकार गर्दा घाँ,टी थि,चेर ह,त्या

गत मंगलबार काठमाडौंको दक्षिणकाली मन्दिरस्थित पार्किङसँगैको शौचालयमा ह.त्या गरेर फालिएकाे अवस्थामा सन्ताेषीको शव भेटिएकाे थियाे । सुरुमा शवको पहिचान हुन नसकेपनि प्रहरीको अनुसन्धानपछि उनि विभिन्न पशुपक्षीको आवाज निकालेर युट्युबमा भाइरल बनेकी सन्तोषी सुब्बा भएको पुष्टि बहेको थियो । आज पत्रकार सम्मेलन गरेर प्रहरीले घटना विवरण सार्वजनिक गरेको हो ।


Last Updated on: June 24th, 2021 at 6:51 pm
१८३८ पटक हेरिएको

तपाईको प्रतिक्रिया