
काठमाडौं – अमेरिका बस्दै आएका नेपाली समाजसेवी विष्णु केसीले सिन्धुपाल्चोकका बाढी पि’डितका लागी आर्थिक सहयोग गरेका छन् ।उनले हालै सिन्धुपाल्चोकमा गएको पहिरो उद्धारका लागि रु ३५ हजार आर्थिक सहयोग गरेका हुन् ।
ओखलढुंगाको च्यानाम गाउँपालिकामा जन्मिएका केसी प्रहरी जागिरबाट अवकाशपछि हाल अमेरिकामा पुगी दुईवटा रेष्टुरेण्ट सञ्चालन गर्दै आएकाछन् । ***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****
नेपाल प्रहरीमा कार्यरत हुँदै उनले आफ्नो जन्मथलोमा प्राईमरी स्कुल संचालनका लागि, खानेपानिका लागि जग्गा दिएका थिए । त्यस्तै स्वास्थ्य चौकीका लागि एम्बुलेन्स सहयोग गरेका थिए । बुवाले गर्नु भएको सामाजिक कामबाट प्रेरणा पाएको भन्दै उनी सानै उमेरदेखि सामाजिक काममा रुचीरहेको बताउँछन् ।
विगत १ दशकदेखि अमेरिकाको क्यालिफोर्निया स्थित सानफ्रान्सीकोमा बस्दै आएका भएपनि उनी सक्रिए समाजसेवीको रुपमा परिचितछन् । समाज सेवा गर्न सजिलो छैन, समाजसेवा गर्न ठुलो मन हुनुपर्छ । जसको उदाहरण हुन् विष्णु केसी ,उनले भूकम्प गएदेखि पहिलो चरणको लकडान हुँदै
आजको दिनसम्म सयौं पि’डितहरुलाई सहयोग गर्दै आएकाछन् । उनले हालसम्म नेपालका २५ जिल्लाका पि’डितहरुलाई सहयोग गरेको बताउँछन् । आफुले गरेको सहयोग अरु माझ प्रचारप्रसार गर्न मन नपराउने उनले धेरैलाई सहयोग गरेको बताएका छन् ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****