बिहिबार १४ मंसिर २०८०

काठमाडौं, असार १० । कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको बिपक्षी गठबन्धन घोषित रुपमा राजतन्त्रको पक्षमा उभिएको तथ्य बाहिर आएको छ ।

बिपक्षी गठबन्धनले आज आयोजना गरेको सम्पादकहरुसँगको अन्तरक्रियामा गठबन्धन घटक नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजाको प्रसंशा र राष्ट्रपतिको

अपमान गरेर आफूहरुको अभियान राजतन्त्र फर्काउनेतिर रहेको प्रष्ट संकेत गर्नुभएको हो । उहाँले दोहोर्याएर राष्ट्रपतिको भन्दा राजाकै बढी मान, शान र इज्जत रहेको बताउनु भयो ।

‘राष्ट्रपति संविधानको संरक्षक हुनेछ भनेर भनिएको छ, तर यो भन्दा त राजा हुँदा नै बढी शान थियो । अहिले शान पनि छैन, मान पनि छैन र इज्जत पनि छैन,’ प्रचण्डले भन्नुभयो ।

पछिल्लो समयसंघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संबिधानले खडा गरेको राष्ट्रपतिसहित सवै बैधानिक निकायमाथि बाहिरबाट आक्रमण गराउने अभियानको नेतृत्व गरिरहनु भएका प्रचण्डले राष्ट्रपतिको हैसियत छैन, राजाकै थियो भन्ने तर्क गरेपछि बिपक्षी गठबन्धन ब्यवस्थाकै बिरुद्ध लागेको प्रष्ट सन्देश गएको कार्यक्रममा सहभागी सम्पादकहरुले नै बताएका छन । जनताटाईम्सबाट


Last Updated on: June 25th, 2021 at 12:01 am
४७६ पटक हेरिएको

तपाईको प्रतिक्रिया