बिहिबार १४ मंसिर २०८०

भारतीय अभिनेत्री जरिन खानले चलचित्र अभिनय अगाडि रिहर्सलको बहानामा आफूलाई किस गर्ने कोशिस गरेको खुलासा गरेकी छन् । उनले हालै दिएको एक अन्तर्वार्तामा कास्टिङ काउचका बारेमा अनुभव सेयर गरेकी हुन् । अभिनेत्री जरिनले भनिन्, ‘कास्टिङ काउचबाट रिहर्सलको बहानामा मलाई किस गर्ने कोशिस गरिएको थियो ।’

No photo description available.

उनले उक्त व्यक्तिको नाम अहिले नलिने बताउँदै भनिन्, ‘ती व्यक्तिले मलाई भनेका थिए, तपाइँलाई थाहा छ, हामी एक किस सिन गर्दैछौ ।’ जरिनले रिहर्सलको रुपमा केही पनि किसिङ सिन नगर्ने बताएको जिकिर गरिन् ।

May be an image of 1 person

सन् २०१० मा बलिउड अभिनेता सलमान खानको चलचित्र ‘वीर’ मार्फत उनी चलचित्र क्षेत्रमा छिरेकी हुन् । सो चलचित्रमा उनी सलमानको अपोजिट भूमिकामा थिइन् । पछिल्लो समयका बलिउडमा उनको चर्चा निकै हुने गरेको छ ।सौर्य दैनिकमा खबर छ । उनी आफ्नो फिट्नेसका कारण समेत चर्चामा आउने गर्छिन् । त्यस्तै, आफ्नो बारेमा खुलेर बोल्ने अभिनेत्रीका रुपमा उनलाई बलिउडमा लिने गरिन्छ ।

उनले ‘वीर’ पछि ‘हेट स्टोरी ३’, ‘हाउस फुल २’, ‘अक्सर २’ र ‘वजाह तुम हो’ लगायतका दर्जनौ चलचित्रमा काम गरिसकेकी छन् । उनी पछिल्लो पटक चलचित्र ‘हम भि अकेले, तुम भि अकेले’ मा देखिएकी थिइन् ।


Last Updated on: June 25th, 2021 at 11:18 am
८७२ पटक हेरिएको

तपाईको प्रतिक्रिया