
इटहरी । इटहरीमा लक्ष्मी पूजाकै दिन एक जोडी आपत्तीजनक अवस्थामा भेटिए पछि स्थानीयले खेदाएका छन । इटहरी १२ खनार लाईनमा युवायुवतीको एक जोडी प्लटिङमै आपत्तीजनक अवस्थामा फेला परेका थिए ।
सडक नजिकै जोडी बाँधिएर बसेका जोडीलाई स्थानीय र यात्रुहरुले खेदाएका थिए । जोडी आपत्तीजनक अवस्थामा भेटिए पछि केहि बेर सो क्षेत्रमा हो हल्ला समेत भएको स्थानीयले बताएका छन । मोटरसाईकलमा आएका उनीहरु हो हल्ला भए सँगै युवाले एउटा जुत्ता समेत छोडेर मोटरसाईकल लिएर फरार भएका हुन ।
देउसीभैलोको नाममा घरबाट निस्किएका युवायुवतीहरुलाई अभिभावकहरुले ध्यान दिनु पर्ने स्थानीयहरु बताउँछन । पछिल्लो समयमा सानै उमेरमा युवायुवतीहरु विग्रन थालेको स्थानीयहरुको चिन्ता छ । बासघारी तथा सुनसान क्षेत्रमा युवायुवतीहरुको डेटिङ हुने गरेको भन्दै रातको समयमा प्रहरीले गस्ती बढाउनु पर्ने सामाजिक अगुवाहरु बताउँछन ।