शुक्रबार १९ जेठ २०८०

सञ्चारकर्मी रुपा सुनारलाई जातकै कारण कोठा नदिएको बिषयले निकै चर्चा पाइरहेको छ । झनै कोठा नदिने घरबेटीलाई सरकारकै मन्त्रीले छुटाउँदै गाडीमा हालेर घर पुर्‍याई दिएपछि त सामाजिक सञ्जाल तातिएको छ ।

रुपामाथि जातीय विभेद गर्ने घरबेटीलाई सरकारकै मन्त्रीले संरक्षण दिएको भन्दै चर्को आलोचना र वहस चलिरहेका बेला गायिका/कलाकार ज्योति मगरले सञ्चारकर्मी रूपा सुनारलाई जातकै कारण कोठा नदिइएको प्रष्ट भएकाले कुरा बंग्याउन आवश्यक नभएको बताएकी छन् ।

PROMOTED CONTENTAdskeeper

גבר, תכיר את המוצר שיחזיר את התשוקה לזוגיות שלך
221
55
74

It Must Have Been A Kind Of Hell For A Little Chrissy Metz
227
57
76

Prince Harry And Meghan Markle Having Marriage Problems
514
129
171
शुक्रबार सामाजिक सञ्जालमार्फत कलाकार मगरले तर्क गर्ने क्षमता छ भन्दैमा विभेदलाई ढाकछोप नगर्न आग्रह गरेकी हुन् ।

‘तर्क गर्न सक्ने क्षमता छ भन्दैमा गलतलाई सही र सहीलाई गलत साबित गर्न खोज्ने सबै समाज भँडुवा हुन् । जति नै तर्क–वितर्क गरेर सामाजिक सञ्जालमा भुके पनि रूपा सुनार कामी भाकै कारण प्रधानको घरमा कोठा नपाको प्रष्ट छ,’ उनले भनेकी छन्, ‘आजको युगमा पनि यस्ता घटना हुनु निन्दनिय र अमानवीय हो ।’

जो चोर उसकै ठूलो स्वर भने जसरी सामाजिक सञ्जालमा दलितलाई गा-ली गरिएको भन्दै कलाकार मगरले सके सत्यको पक्ष लिनु नसकेपनि झुटोलाई साथ नदिन आग्रह गरेकी छन् । ‘कति बकम्फुसे तर्क गरेको हौ फेसबुकमा,’ उनले लेखेकी छन्, ‘सक्छौ सहीलाई साथ देऊ, सक्दैनौ गलतलाई पनि साथ नदेऊ ।’

पछिल्लो समय यस बिषयका कारण मानिसहरू सडकमा पनि निस्किएका छन् ।


Last Updated on: June 26th, 2021 at 12:04 am
५७३ पटक हेरिएको

तपाईको प्रतिक्रिया