
नर्वे सेनामा पहिलो पटक ८ जना नेपाली युवा भर्ती भ’एका छन् । नर्वे सरकारले विश्वभ’रका ११७ देशका नागरिकले प्रतिस्पर्धा गर्न पाउने गरी सेनामा भर्ती खुलाएको थियो ।
जसमा ८ जना ने’पाली युवा भर्ती हुन सफल भएका छन् । उक्त कोटाका अनुसार भर्ती भएका सैनिकले पाँच वर्षका लागि कन्ट्र’याक्ट साईन गरेका हुन्छन् ।
सो अवधि सकि’एसँगै उनीहरु घर फर्किन पनि पाउँछन् भने थप कन्ट्रयाक्ट लिन पनि सक्छन् । तर, यस भर्तीमा भने पेन्स’नको व्यवस्था हुँदैन । भर्ती हुनका लागि अन्तर्वार्ता, शारिरिक व्यायामलगाएतका विभिन्न टेस्टहरु पास गर्नुप’र्ने हुन्छ ।\
भर्ती भए’का किरण राना मगर
भर्ती भएका आठ जनाम’ध्ये रोल्पाका किरण राना मगर पनि रहेका छन् । उनी रोल्पा’बाट नर्वे सेनामा भर्ती हुने पहिला व्यक्ति समेत हुन् । नर्वे सेनामा भर्ति हुन सफल किरणले सो ठाउँमा पुग्न पाउँदा आफूले निकै गर्वको महसुस गरेको जना’एका छन् ।
मेहन’तका साथ यस ठाउँसम्म पुग्न पाउँदा निकै गर्वको महसुस भएको छ’ उनले भने ,‘नेपालीले विश्वको जुनसु’कै कुनामा भए पनि आफ्नो मेहनत र परिश्र’मले केही गर्छ है भन्ने लाग्छ । नर्वे सेनामा भर्ती हुनु म लगाएत मेरो परिवार र देश’का लागि समेत गर्वको विषय हो ।’
ब्रिटिस आर्मी र ईण्डियन आर्मीले नेपाली युवा’का लागि विभिन्न समयमा भर्ती खुला’उदै आए पनि अन्य विभिन्न देशहरुले भने आधिकारिक रुपमा नेपालीका लागि सेनामा भर्ती खु’लाएका छैनन् ।
कतिपय नेपालीहरु केही समय’का लागि कन्ट्रायाक्टमा विभिन्न देशको सेनामा भर्ती भने हुँदै आएका छन् । विदेशी सेनामा भर्ती भएका व्यक्तिलाई कति’पय देशहरुले कम समयमै आफ्नो देशको नागरिकता समेत उपलब्ध गराउँदै आएका छन् । नर्वे विश्वकै विकसित देश’मध्ये एक हो ।
मानव विकास सूच’कांक (ह्यूमन डेभलपमेन्ट ईन्डेक्स)मा समेत नर्वे पहिलो नम्बरमा रहेको छ । नर्वे सेनामा पहिलो पट’क नेपाली युवाको समूह स’मेत भर्ती भएर आफ्नो देशलाई चिनाउन सफल भएका छन् । यो सबैका लागि गर्वको वि’षय बनेको छ । न्युज अफ नेपाल मा खबर छ ।