बुधबार १० आश्विन २०८०

नौ महिनाको यति सानो छोरी जस्ले आमानै चिन्दैन त्यहि छोरिलाई छो’डेर आमा घरबाट भा’गिन् । प्रेम बिवाह गरेको जोडि दुई बर्षमै अन्ततः छुट्टिन पुग्यो। आमाको काखमा रमाउने आमाकै काखमा निदाउने यी नौ बर्षिय छोरिको के नै ग’ल्ति थियो होला र ? श्रिमान (दिपेन्द्र बलामि) बताउछन् कि लाउन खानको कमि त थिएन तर त्योभन्दा बढि चै थिएन पनि मैले दिन पनि सकिन ,जहाँ गएकि छौ तिमी खुसि हुनु भन्छन् श्रिमान् ,बि’चरा ।

घर- झ’गडा सबैकोमा अवश्य हुन्छ ,त्यो पनि भएको हो या हैन हामी त जान्दैनौ म’नमुटाव कमि क’मजोरी दुबैबाट भएको होला तर त्यस्को स’जाय यति सानि फुल जस्ति छोरिलाई किन दिन्छौ ,बिन्ति छ फर्कि आउ बहिनी ।

३ दिन पैले चीनले कब्जा गरेको नेपाली भूमीम नेपाली सशस्त्र प्रहरीले नेपालको झण्डा गाड्यो बहादुरी देखेर चीन पर्यो दङ्ग !
Enews Nepali
@Enewsnepali

३ दिन पैले चीनले कब्जा गरेको नेपाली भूमीम नेपाली सशस्त्र प्रहरीले नेपालको झण्डा गाड्यो बहादुरी देखेर चीन पर्यो दङ्ग !
FacebookTwitterPrintEmailMore
काठमाण्डौ

नाम्खा गाउँपालिका–५ को चिमला भञ्ज्याङमा रहेको नेपाल र चीनको सीमा स्तम्भ नम्बर ३ मा पहिलो पटक नेपाली सुरक्षा गस्ती पुगेको छ ।सशस्त्र प्रहरी बल ४४ नम्बर गुल्मका प्रमुख सशस्त्र प्रहरी नायब उपरीक्षक गेहेन्द्र भण्डारी नेतृत्वको टोली ।

उक्त सीमा स्तम्भमा पुग्न सफल भएको हो । स्थापना भएदेखि जिल्लाबाट हालसम्म सरकारी स्तरमा उक्त सीमा स्तम्भको अनुगमन भएको थिएन । डीएसपी भण्डारीको नेतृत्वमा ११ जना सशस्त्र प्रहरीका सुरक्षाकर्मी सीमा स्तम्भ अनुगमन गरी फर्किएको छ ।

नेपाल र चीनबीचको ३ नम्बर सीमा स्तम्भ सुरक्षित रूपमा रहेको उहाँले बताउनुभयो । गाडी जाने ठाउँसम्म गाडी र त्यसपछि तीन दिन पैदल हिँडेर ३ नम्बर सीमा स्तम्भसम्म पुगेको बताउँदै उहाँले पाँच हजार १०८ मिटर अग्लो स्थानमा रहेको सीमा स्तम्भमा पुग्न निकै कठिन रहेको बताउनुभयो ।

उहाँका अनुसार सीमा स्तम्भ पुग्ने क्रममा टोलीले कतै पाटन, कतै उकालो, भीरपाखा छिचोल्नु परेको थियो । टोलीले पाँच हजार दुई मिटर अग्लो स्थानसम्म चढ्नुपरेको थियो

।सशस्त्रको हेडक्वाटर रहेको सदरमुकाम सिमकोटको ४४ नम्बर गुल्मबाट नाम्खा गाउँपालिकाको वडा नम्बर ५ को यारीसम्म कर्णाली करिडोरको सडक हुँदै गाडीमा पुगेको टोली पहिलो दिन उतै बास बस्नुपरेको थियो । सीमा स्तम्भ अनुगमनको

जिम्मा पाएको टोलीले त्यसको पछिल्लो दिन नेम, ह्याङ्सी हुँदै घी खर्कमा दोस्रो बास बसेको थियो । तेस्रो दिन याङ्जो पोखरी, चिलिमे भञ्ज्याङस्थित ३ नम्बर सीमा स्तम्भमा पुग्न सफल भएको उहाँले बताउनुभयो ।

हिँड्ने बाटो नभएको अग्लो पाटनमा सुरक्षाकर्मीको हातमा रहेको जीपीएसका भरमा टोली स्तम्भको पहिचान गर्न सफल भएको हो । अक्सिजनको मात्रा कम भएकाले लेक लाग्ने उत्तिकै सम्भावनालाई समेत ध्यानमा राख्दै सुरक्षा गस्ती पुगेको थियो । उहाँले सीमा अनुगमन गरेर टोली सुरक्षित रूपमा फर्केको बताउनुभयो ।


Last Updated on: August 18th, 2021 at 7:31 pm
६०६३ पटक हेरिएको

तपाईको प्रतिक्रिया