बिहिबार १४ मंसिर २०८०

यो भन्दा दु:ख के हुन्छ र परिवारलाई । नौमती बजाएर आगन बाट तिमिलाई अन्माउने ठूलो रहर थियो बहिनी तर आज तिमी नमिठो सङ्खको धुन सङ्गै बाँसको डोलि चढेर सदा-सदाको लागि हामी सबै बाट बिदा भयौ । स्वर्गको बाटो अलि अफ्ट्यारो हुन्छ रे बहिनी राम्रो सङ्ग जाउ है भगवान त निष्ठुरी रहेछ माथी-तिर हिन्दा-हिन्दै तिम्रो खुट्टामा चोट लाग्न सक्छ ।

त्यो बेला हामिलाई झलक्क सम्झिनु है हामी अदृश्य भए पनि तिम्रो पाउमा मलम लगाउन आउने छौ सधै भरी हामी तिमिलाई सम्झी-रहने छौ । तेहा नि यता को जस्तै गरि मिलेर बस्नु नानी सधै खुशी हुनु अनि सधै सुख सङ्ग बस्नु है नानि । – कैलाली टीकापुरकी श्रीषा रावलको निधन पस्चात उनका दाई ले लेखेको यो भावुक बनाउने स्टाटस

यो समाचार पनि पढ्नुहोस्:-
एजेन्सी । सार्वजनिक स्थानमा फ्रान्सका राष्ट्रपति इम्यानुअल म्याक्रोंको गालामा थ प्पुड लगाउने युवक ४ महिनाका लागि जे ल जाने भएका छन् । अदालतले उनलाई यस्तो स जा य सुनाएको हो । २८ वर्षीय दामियन तारेलले मंगलबार एक सार्वजनिक समारोहमा राष्ट्रपति म्याक्रोंको गालामा थ प्पड लगाएका थिए । घटना लगत्तै पक्राउ परेका उनलाई अदालतमा पेश गरिएको थियो । उनले आफ्नो पुर्व योजना अनुसार थ प्पड लगाएको वयान दिएका छन् ।

भ्यालेन्सको एक अदालतले बिहीबार उनलाई सार्वजनिक पदमा रहेका व्यक्तिविरूद्ध हिं सा गरेको अभियोगमा सजाय सुनाएको हो सुनुवाइका क्रममा तारेलले आफूलाई म्याक्रोंका कारण फ्रान्स उधो गतितिर गइरहेको ठहर आफुले गरेको बताएका छन्। साथीहरूसँग आफूले म्याक्रोंलाई अन्डा र क्रिमले हा न्ने योजना बनाएको पनि खुलासा गरेका छन् ।

तर त्यो योजना सफल नभएका कारण थप्पड लगाएको बताए । घटना भएको केहीबेरपछि राष्ट्रपति म्याक्रोंले आममानिसलाई भेट्ने कुरालाई निरन्तरता दिएका थिए। आफूलाई यस्ता कुराले केही फरक नपर्ने म्याक्रोंको भनाइ थियो। त्यस्ता व्यक्तिलाई सार्वजनिक बहसमा कुनै स्थान दिनु नहुने बताए। घटनाको फ्रान्सका राजनीतिज्ञहरूले निन्दा गरेका छन्।


Last Updated on: June 26th, 2021 at 12:54 am
२९०३ पटक हेरिएको

तपाईको प्रतिक्रिया