आइतबार ०७ कार्तिक २०७८

काठमाडौँ — आयामेली कवि तथा नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वकुलपति वैरागी काइँला (तिलविक्रम नेम्बाङ) लाई बिहीबार राति मस्तिष्कघात भएपछि ओम अस्पताल भर्ना गरिएको छ ।

काइँलाकी छोरी नामोती नेम्बाङका अनुसार सुकेधारास्थित घरमा बसिरहेकै बेला बिहीबार राति एक्कासि बेहोस भएपछि उनलाई ओम अस्पताल लगिएको हो । ८२ वर्षीय काइँला कोरोना महामारीका कारण एक वर्षयता घरमै बसेर आफ्नो प्रकाशोन्मुख अंग्रेजी अनूदित संग्रहमाथि काम गरिरहेका थिए ।

‘बुबाको देब्रे हात चल्न सकेको छैन, बोलीमा केही समस्या देखिन्छ,’ अस्पतालमा रहेकी छोरी नामोतीले कान्तिपुरसँग फोनमा भनिन्, ‘नसासम्बन्धी चिकित्सकको अब्जरभेसन चलिरहेको छ, स्थिति अलिक जटिल देखिन्छ ।’ चिकित्सकले यसलाई मस्तिष्कसम्बन्धी ‘इसिमिक स्ट्रोक’ भनेका छन् ।

ekantipur

***

धनुषाका पाँच स्थानीय तहले ल्याउन सकेनन् नीति तथा कार्यक्रम

धनुषाका पाँच स्थानीय तहले निर्धारित समयमा नीति तथा कार्यक्रम र बजेट ल्याउन सकेको छैन ।

जिल्लाका १८ मध्ये पाँच स्थानीय तहले निर्धारित समयमा नीति तथा कार्यक्रम र बजेट ल्याउन नसकेको हो । असार १० गतेभित्र नगर तथा गाउँसभामार्फत नीति तथा कार्यक्रम पारित गर्नुपर्ने बाध्यात्मक अवस्थाका कारण बिहीबार अन्तिम दिन जिल्लाका एक उपमहानगरपालिका, ८ नगरपालिका र ४ गाउँपालिकाले एकै दिन बजेट पारित गरेका छन् ।

गणेशमान चारनाथ नगरपालिका, शहीदनगर नगरपालिका, कमला नगरपालिका, जनकनन्दनी गाउँपालिका र धनौजी गाउँपालिकाले आवश्यक तयारी नपुगेको भन्दै निर्धारित समयमा नीति तथा कार्यक्रम र बजेट ल्याउन नसकेको जनाएको छ । त्यस्तै निर्धारित समयमा नीति तथा कार्यक्रम र बजेट ल्याउने स्थानीय तहमा जनकपुरधाम उपमहानगरपालिका, मिथिला नगरपालिका, हंसपुर नगरपालिका, क्षीरेश्वरनाथ नगरपालिका, धनुषाधाम नगरपालिका, सबैला नगरपालिका, नगराईन नगरपालिका, विदेह नगरपालिका, मिथिला बिहारी नगरपालिका, औरही गाउँपालिका, लक्ष्मीनिया गाउँपालिका, मुखियापट्टी मुसहरनिया गाउँपालिका र बटेश्वर गाउँपालिका छन् ।

तीमध्ये क्षीरेश्वरनाथ नगरपालिका र लक्ष्मीनिया गाउँपालिकाले बुधवार र बाँकीले बिहीबार एकै दिन नगर तथा गाउँसभामार्फत आर्थिक वर्ष २०७८÷७९ को नीति, कार्यक्रम तथा बजेट पारित गरेका हुन् । जनकपुरधाम उपमहानगरपालिकाले १ अर्ब ५३ करोड ८७ लाख ६१ हजार, मिथिला नगरपालिकाले ६५ करोड १८ लाख ५० हजार २३० रुपैयाँ २० पैसा, हंसपुर नगरपालिकाले ६२ करोड ८० लाख ५६ हजार, क्षीरेश्वरनाथ नगरपालिकाले ६१ करोड २४ लाख ६१ हजार, धनुषाधाम नगरपालिकाले ५६ करोड ५१ हजार, सबैला नगरपालिकाले ६३ करोड ५२ लाख ५० हजार, नगराईन नगरपालिकाले ४७ करोड १९ लाख, विदेह नगरपालिकाले ५९ करोड, मिथिला बिहारी नगरपालिकाले ५० करोड ५५ लाख ५५ हजार, औरही गाउँपालिकाले ३८ करोड १९ लाख ५० हजार, लक्ष्मीनिया गाउँपालिकाले ३० करोड ३० हजार, मुखियापट्टी मुसहरनिया गाउँपालिकाले ४६ करोड ३५ लाख ३८ हजार ६८२ र बटेश्वर गाउँपालिकाले ३६ करोड १५ लाख ५० हजारको बजेट ल्याएको छ ।
बजेट पारित गरेका अधिकांश स्थानीय तहले पुरानै योजनालाई निरन्तरता दिँदै सडक पूर्वाधार, कृषि र शिक्षालगायत क्षेत्रलाई प्राथमिकता दिएका छन् । रासस


Last Updated on: June 26th, 2021 at 3:10 pm
१२४ पटक हेरिएको

तपाईको प्रतिक्रिया