
ईन्द्रावतीमा आएको बाढीले बगायो मेलम्चीको तीन तले घर
June 26, 2021 25
सिन्धुपाल्चोकको इन्द्रावती नदीको बाढीले मेलम्ची बजारको एउटा तीन तले घर बगाएको छ। अविरल वर्षापछि असार १ गते मेलम्ची र इन्द्रावती नदीमा आएको बाढीबाट जोगिएको उक्त घर निरन्तरको वर्षा र कटानका कारण मेलम्ची प्रहरीका प्रहरी निरीक्षक टिकाराम राईले सेतोपाटीलाई जानकारी दिए।
राईका अनुसार मेलम्ची ११ का गोपाल भनिने महेन्द्र दुलालको तीन तले घर नदी कटानको कारणले ढलेको हो। यसअघि अहिलेसम्म मेलम्चीमा कुनै पनि व्यक्तिको घर ढलेको थिएन।
प्रहरीका अनुसार गोपालका परिवार अन्तै कोठा लिएर बसेकाले सबै सुरक्षित छन्।
असार १ गतेदेखि आएको बाढीले हेलम्बु र मेलम्चीमा ५ जनाको मृत्यु भएको छ, दर्जनौ बेपत्ता भएका छन्। त्यस्तै ४०० भन्दा बढी घर बिस्थापित भएका छन्।
निरन्तर वर्षाको कारण नदीमा पानीको बहाब बढिरहेकाले नदी आसपास र तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित रहन इलाका प्रहरी कार्यलय मेलम्चीले आग्रह गरेको छ।source setopati.com
आफ्नै ससुराबाट यौ.न हिं.सामा परी परिवारको साथ नपाएका कारण आ.त्मह.त्या गरेकि भनिएको सबिता भण्डारीको न्यायको लागि विभिन्न माध्यमबाट धेरैले जोडदार माग गरिरहेका छन। परिवारले आ.त्मह.त्या भनेपनि सबिताको बहिनी र माइती पक्षले भने ह.त्या हो भन्दै आइरहेका छन ।
आफ्नै बुहारीमाथि कु दृष्टि लगाएको आरोप लागेका ससुरालाई देशव्यापी रुपमा कडा का.रबाहीको माग भइरहेको छ । यद्यपि घटना निकै रहस्यमय रहेकाले केस अदालतमा पुगेको छ। सम्मानित अदालतको फैसला आउन बाँकी नै रहेको छ । सबिता भण्डारीको माइतीपक्षले छोरीको ह.त्या भएको हो भन्दै न्यायको माग गरिरहेका छन ।
यसै बीच घटना भएको दिन सबिता भण्डारीको घरमा भएका भान्जालाई घटना भएको दिनको बयान दिन सम्बन्धित निकायमा जानु पर्ने चितवनबासिले आवाज उठाउदै आएका छन । भान्जालाई सार्बजनिक गर्न दवाब दिन चितवनबासी तथा महिला अधिकारकर्मीहरु सबिता भण्डारीको घरमा गएर नाराबाजी समेत गरेका छन।