आइतबार ०७ आश्विन २०८०

रूपन्देही, सैनामैनाका शिवु भण्डारी १८ वर्ष भए । अहिले कक्षा ११ पढ्दैछन् । उमेर कलिलै भए पनि शिवु आफ्नो कामले पाका भइसकेका छन् । उनी वार्षिक पाँच हजार किलो कम्पोस्ट मल बनाउँछन् ।

यो मल प्याकेजिङ गरेर घरबाट झन्डै २० किलोमिटर परको बुटवल बजार पुर्‍याउँछन् । त्यहाँबाट यो मल काठमाडौंसम्म आइपुग्छ। ुजिबीु ब्रान्ड नामबाट बिक्री भइरहेको उनले बनाएको मल विशेषगरी कौसी खेतीमा प्रयोग हुन्छ।

YOU MAY LIKEAdskeeper

The Sexiest Game Of 2021!
658
165
219

גבר, תכיר את המוצר שיחזיר את התשוקה לזוגיות שלך
672
168
224

It Must Have Been A Kind Of Hell For A Little Chrissy Metz
428
107
143
शिवुले यसरी तयार पारेको मल बिक्री गर्न थालेको दुई वर्ष भइसक्यो। त्यसअघि परीक्षण चरणमै भएकाले बनाएको मल आफ्नै वरपरको खेतबारीमा हाल्थे ।

आफूले १३ वर्षको उमेरदेखि नै कम्पोस्ट मल बनाउन थालेको उनी बताउँछन्। सानैदेखि वातावरण, प्रदूषण र फोहोर व्यवस्थापन विषयमा चासो राख्ने उनले कक्षा सातमा कम्पोस्ट मल बनाउने विधि थाहा पाएका थिए ।

स्कुल जाँदाआउँदा बाटोमा थुप्रै कुहिने फोहोर देख्थेँ । त्यसलाई कसरी व्यवस्थित तरिकाले मल बनाउन सकिन्छ भन्नेबारे सामाजिक किताबमा पढेको थिएँ, उनले आफ्नो अनुभव साट्दै भने,

त्यही बेलादेखि पढे(बुझेअनुसार कम्पोस्ट मल बनाउन थालेको हुँ । उनी बाटामा भेटेजति कुहिने फोहोर जस्तै, तरकारी र फलफूलका बोक्रा, कागज बटुलेर घर ल्याउँथे ।

घरपछाडि भएको खाली जग्गामा खाल्डो खनेका थिए, त्यसमै संकलन गर्थे। शिवुलाई थाहा थियो, कम्पोस्ट मल बनाउन कुनै विशेष बाहिरी रसायन आवश्यकता पर्दैन ।

गड्यौंला भए पुग्छ । उनले गड्यौंला किनेर ल्याए र खाल्डोमा हाले जसले फोहोर छिटो गलाउन मद्दत गर्‍यो । केटाकेटी बेलादेखि शिवुले थालेको काम अहिले व्यवसायमै परिणत भइसकेको छ । तर सुरूआती दिनमा उनलाई सहज थिएन ।

बाटोको फोहोर बटुलेर घरमा ल्याएको निहुँमा परिवारबाट पनि गाली खाएँ, उनले भने, तर गर्छु भनेर ठानिसकेकाले काम छाडिनँ। खाल्डोमा फोहोर थुपार्दै गएँ ।

केही महिनापछि संकलित फोहोर कम्पोस्ट मलमा परिणत भयो । शिवुको धैर्य र सफलता देखेर परिवारले पनि समर्थन गर्न थाले । फोहोर खाल्डोमा संकलन गरेपछि मल बन्न झन्डै ६ महिना लाग्ने शिवु बताउँछन् ।

पहिले मल बनाउन आफ्नो घर र बाटोबाट कुहिने फोहोर संकलन गर्ने उनी अचेल बाँसगढीका ५० घर धुरीबाट फोहोर संकलन गर्दैछन्। उनले झन्डै सात महिनाअघि पचास घर धुरीलाई निःशुल्क डस्टबिन बाँडेका थिए ।

त्यसमा ती घरबाट निस्कने कुहिने फोहोर हालिन्छ। त्यो फोहोर उनले एक सहकर्मीको सहयोगमा संकलन गर्छन्। आफ्नो घरपछाडि बनाएको खाल्डोमा हाल्छन् । त्यसैबाट उनले कम्पोस्ट मल बनाएर बिक्री गर्दै आएका हुन् ।https://brightdainik.com/बाट साभार


Last Updated on: June 26th, 2021 at 3:20 pm
८८७ पटक हेरिएको

तपाईको प्रतिक्रिया