शुक्रबार १९ जेठ २०८०

नेपाली कांग्रेसका सभापति शेरवहादुर देउवालाई हामी सबै परिवारले नै भोट दिएको हो । तर उहाँ वाढी पी-डि-त व-स्तीमा आउनुभयो तर हेलम्बुमा आउनु भएन ।

अप्ठेरो परेको बेलामा हामीलाई हेर्न पनि आउनु भएन निकै दुख लाग्यो । हामीलाई अप्ठेरो पर्दा सरकारले पनि हेरेको छैन । यति धेरै क्ष-ती भ-एको छ हेलिकप्टर आउँछ केही पोका चाउचाउ खसालेर जान्छ ।

YOU MAY LIKEAdskeeper

The Sexiest Game Of 2021!
857
214
286

גבר, תכיר את המוצר שיחזיר את התשוקה לזוגיות שלך
855
214
285

It Must Have Been A Kind Of Hell For A Little Chrissy Metz
383
96
128
यस्तो अवस्थामा हामीले अब कुन नेतालाई भोट किन दिने ? अब काठमाडौबासीले मेलम्चीको पानी खाउँला भनेर नसोचे पनि हुन्छ । मेलम्चीमा आएको बाढीका कारण आफ्नो सर्वश्व गुमाएका स्थानियको यो आक्रोश हो ।

अहिले हामीले चेतावनी दिएका छौं यस्तै वेवास्ता भयो भने हामी निर्णयनै गर्न बाध्य हुनेछौं । आफ्नो पुर्खा देखि दुख गरेर जम्मा गरेको सबै सम्पत्ती सकिदा पनि सरकारले वास्ता नगरेका कारण उनीहरु आक्रोशित भएका छन् ।

अब पनि बाटोको राम्रो ब्यवस्था नभए, हामीलाई सुरक्षित राख्ने तर्फ ध्यान नदिए मेलम्चीको पानी काठमाडौ जाने अवस्था रहन्न । हामी अ-व-रो-ध गर्छौ । राहत र सहयोगका लागि भनेर काठमाडौवाट कोही आउँछन्

तर मेलम्ची बजार डु-ले-र फर्कन्छन् । हेलम्बु सम्म कोही पुग्न सक्दैनन् । हेलम्बुमा राहत नपुगेको खबरपछि केहीले हेलिकप्टरमार्फत सहयोग पुर्‍याउन थालिएको भएपनि त्यो ब्यवस्थित हुन सकेको छैन ।

राहत ल्याउनेहरुले म-नपरी गर्न था-लेको स्थानीयको आ-रो-प छ। नेकपा एमाले सिन्धुपाल्चोकका पूर्वअध्यक्षसमेत रहेका हस्त पण्डितले आइतवार सामाजिक सञ्जाल फेसबुकमा हेलिकप्टरमा आएको राहतमाथि प्रश्नसमेत गरेका छन्।

हाम्रो पी-डा हाम्रो ठाउँमा छ तर यो नाटक किन ? सहयोग गर्न आको कि बाढी पर्यटन हेर्न आको रु १० थान पी फोम, १९ बाकस चाउचाउ, २ पकेट पियुस, ३ पकेट जीवनजल र ३ पकेट मास्कको पैसा कति र हेलिकप्टर भाडा कति रु उनले प्रश्न गरेका छन्।

 


Last Updated on: June 26th, 2021 at 3:22 pm
५०६ पटक हेरिएको

तपाईको प्रतिक्रिया