
अरु लाई बचाएर आफुहरु अस्ताए बाढी को त्यो लेदोमा उहाहरुको आत्मशान्तिको लागि एक लाइक र एक सेयर गरेर गर्दिनु
June 26, 2021 1
facebook sharing button Sharetwitter sharing button Tweetemail sharing button Emailsharethis sharing button Sharemessenger sharing button Share
सिन्धुपाल्चोक – साँझ पर्न लाग्दा खेतीपाती सकेर स्थानीय घर फर्कंदै थिए । हेलम्बुको काखबाट सधैं शान्त भएर बग्ने मेलम्ची नदी असार १ गते उर्लिएसँगै धमिलो हुन थाल्यो । एकाएक नदीमा बाढी आएको खबर सुनेपछि आ-त्तिएका तटीय क्षेत्रका स्थानीय र रिसोर्ट व्यवसायी खैलाबैला गर्दै सुर-क्षित स्थानमा भा*ग्न थाले । तर स्थानीय मत्स्य फार्मका व्यवसायी माछा जोगाउनतिर लागे ।
हेलम्बु गाउँपालिका–२ चुरेटारका ४५ वर्षीय गणेश ज्योति पनि हेलम्बु किउल बजारस्थित माछा जोगाउन बसे । तर करोडौं लगानीको धर्तीमाता मत्स्य फार्ममा एकाएक बाढीले धमिलो बनाएर ल्याएको झारपतिंगर, काठ पन्छाइरहेका उनी खोला बढेको आवाज सुनेर भाग्न थाले । बाढीले फार्म र सबै खेत बगायो । उनी भाग्दै बजारसम्म जोड्ने गोरेटो उक्लिँदा लिन आइपुगेका छोरी र श्रीमती चित्रकुमारीलाई परैबाट हातको इशारा गर्दै भने, ‘भाग भाग, छोरी लिएर भाग ।’ हेर्दाहेर्दै खेतचौरको लेदो बाढीमा गणेश हराए । ‘हामीलाई त भगाएर बचाउनु भो, तर आफूचाहिँ बे-पत्ता हुनुभयो,’ चित्रकुमारीले भक्का-निँदै भनिन्, ‘रातदिन चैन छैन । उहाँले ‘भाग भाग’ भनेको शब्द याद आइरहन्छ ।’
हिन्दु संस्कारअनुसार कुशको श-वदा*ह गर्दै किरि-याकर्म गरिरहेका उनीसहित ६५ वर्षीया आमा बेलकुमारीलाई गणेश फर्किहाल्लान् कि जस्तो लागिरहन्छ । ‘परिवारको आधारस्तम्भ उहाँ नै हुनुहुन्थ्यो, अब दुई छोरी र एक छोराको शिक्षा र भविष्य अन्योलमा छ,’ चित्रकुमारीले भनिन् ।
हेलम्बु–२ पाल्चोक शेरा गाउँका ४५ वर्षीय नीलबहादुर खड्कालाई ६६ वर्षीया आमा टीकामाया खड्काले ‘बाढी आयो पाखा लाग्नू’ भनेको अझै सम्झना आइरहन्छ । किउल क्षेत्रमै मत्स्य फार्ममा खटिरहेका खड्का बाढीले सबै बगर बनाएको खबरपछि भा-ग्दै घर आइपुगेर जो-गिए । सबैलाई खबर दिएर बचाउने आफ्नी आमा भने बेपत्ता छिन् । फार्मभन्दा केही तलको खेत र गोठमा आमासहित दुई जनालाई बाढीले छोपेको प्रत्यक्षदर्शीले बताएको र तत्कालै खोजे पनि पत्ता नलागेपछि निराश भएर फर्केको उनले सुनाए । ‘फार्ममा काम गर्ने धेरै जना उहाँकै खबरले जोगि-यौं, तर आफैं बे-पत्ता हुनुभयो,’ उनले भने ।
उस्तै व्यथा बेहोरिरहेका हेलम्बु–१ हल्देका ३५ वर्षीय पूर्णबहादुर तामाङ, ८० वर्षीया नोर्की तामाङको गाउँ र परिवार अहिले शो-कमा डुबेको छ । ‘उनीहरूले सबैलाई खबर गरे, भागेर ज्या-न जोगायौं, तर दुवै बे-पत्ता भए,’ हल्देका सोर्बङ तामाङले भने, ‘दुईसहित हल्देका मात्रै आधा दर्जन मत्स्य फार्ममा काम गर्ने बेप-त्ता छन् ।’
हेलम्बु–२ किउलका ३१ वर्षीय माधव भण्डारी पनि हरा-एका छन् । ‘भण्डारीसहित अन्यले पनि अरूलाई सूचना दिए तर आफू बे-पत्ता भए, यो धेरै दुः-खद भयो,’ बाढीबाट एकैछिनले बाँ-चेका मत्स्य व्यवसायी उत्तममणि भण्डारीले भने । अधिकांश म*त्स्य फार्म व्यवसायी र अन्य स्थानीयले समयमै सूचना दिएर परिवार र अन्यलाई जोगाए पनि आफू माछा बचाउनतिर लाग्दा बाढीबाट जो*गिन नसकेका हुन् ।
‘म पनि माछा जोगा*उनमै लागेको थिएँ, भाग्न नसकेको भए मेरो अवस्था पनि उस्तै हुन्थ्यो,’ उनले भने, ‘बाँ*चे पनि म*रेसरह नै भएको छु, तट क्षेत्र सबै बगर बन्यो, अर्बौंको म*त्स्य फार्म विलय भयो, यत्रा मान्छे बेप-त्ता छन् ।’
जिल्ला प्र-हरी प्रमुख एसपी राजन अधिकारीका अनुसार बाढीमा बेप-त्ता हेलम्बुको विभिन्न वडाका १५ जनाको अवस्था बुधबारसम्म खुलेको छैन । स्थानीयबासीबोहक मेलम्ची आयोजनामा काम गर्ने दुई भारतीय, एक चिनियाँ, रुपन्देही र झापाका एक/एकसहित ५ जना हरा*इरहेका छन् । असार १ मा मेलम्चीमा आएको बाढीले अहिलेसम्म ५ जनाको मृ-त्यु भएको छ । दुई चिनियाँ, एक भारतीय र पाँचपोखरी थाङपाल–२ का एक र हेलम्बु–१ हल्देका एक जनाको श-व फेला परेको छ । बेप*त्ताहरूको खोजीका लागि हेलम्बुदेखि मेलम्ची, काभ्रेको तटीय क्षेत्र र अन्य शं-कास्पद स्थानमा प्र*हरी, सश*स्त्र र सेना गरी ५ सय ७१ जना सुरक्षाकर्मी खटिइरहेका एसपी अधिकारीले बताए ।
हेलम्बु–२ का ३१ वर्षीय माधव भण्डारी, ४२ वर्षीय गणेश ज्योति, ६६ वर्षीया टिकामाया खड्का, ५५ वर्षीय ज्ञानेन्द्र कक्षपति, चौतारा सागाचोकका २३ वर्षीय सुरेन्द्र नेपाल, हेलम्बु ६ का ५० वर्षीय च्याङबा तामाङ, उनकी श्रीमती ४२ वर्षीया च्याङ, हेलम्बु–३ की साइली तामाङ, हेलम्बु–१ का सोनिल तामाङ, ३५ वर्षीय पूर्ण तामाङ, ५० वर्षीय कामी तामाङ, उनकी आमा ८० वर्षीया नोर्की, माछा फार्ममा काम गर्ने २० वर्षीया गीता थापा, उनका एक वर्षीय छोरा सुदीप र ९० वर्षीय हल्दे तामाङ बेप-त्ता छन् ।
हेलम्बु बाहेकका बेप*त्ता ५ मध्ये मेलम्ची खानेपानी आयोजनामा कार्यरत रुपन्देही घर भएका रेशमलाल सार्की, झापाका होमराज घिमिरे, भारतीय नागरिक विजया बासुमन्तरी, जिनडाओ बासुमन्तरी, चिनियाँ नागरिक सन यु चुवान रहेको प्र-हरीले जनाएको छ ।