शुक्रबार ०५ आश्विन २०८०

यीनै हुन आज मोटरसाइकल दुर्घटनामा ज्यान गुमाउने नेपाल विद्यार्थी संघका नेता अर्बत खड्का !
June 26, 2021 4
काठमाडौंको थापाथलीमा मोटरसाइकल र ट्रक दुर्घटना भएको छ । मोटरसाइकल र ट्रक एक आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।

मृत्यु हुनेमा दोलखा स्थायी घर भई काँडाघारी बस्दै आएका २९ वर्षीय नेपाल विद्यार्थी संघका नेता अर्बत खड्का रहेका छन् भने मोटरसाइकलमा सवार अर्का रामेछाप स्थायी घर भएका २३ वर्षीय कृष्ण खड्का घाइते भएका छन् । उनको ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।

शुक्रबार राति ११ : २० बजे माइतीघरबाट थापाथली जाँदै गरेको बागमती प्रदेश-०२-०२६ प ११८१ नम्बरको मोटरसाइकल र थापाथलीबाट माइतीघरतर्फ जाँदै गरेको ना ६ ख ३३०२ ट्रक ठोक्किँदा दुर्घटना भएको महानगरीय ट्राफिक महाशाखाका डिएसपी सुनील साहले बताए ।

प्रहरीले ट्रक चालक हिरालाल बललाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

यो पनि पढ्नुहोस्

त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय (पनिका)ले रोकिएका सबै परीक्षा यस वर्ष नै गर्ने भएको छ । कोरोना भाइरसका कारणले पनिकाले परीक्षाको क्यालेन्डर नै खल्बलिएपछि पनिकाले यस वर्ष रोकिएका सबै परीक्षा सम्पन्न गर्ने तयारी गरेको हो ।

त्रिविको गत वर्ष भदौमा हुनेपर्ने स्नातक तह पहिलो वर्षको परीक्षा कोभिड–१९ का कारणले हुन सकेको छैन ।

पनिकाले स्नातक दोस्रो वर्षको परीक्षा आगामी साउन ४ गते र पहिलो वर्षको परीक्षा साउनको १० गतेदेखि शुरु गर्न थालेको छ ।

त्यसपछि स्नातक तह कानूनको प्रथम वर्षको परीक्षा र स्नातकोत्तर तह दोस्रो वर्षको परीक्षा गर्ने तयारीमा पनिका रहेको छ ।

पनिकाले विद्यार्थीलाई पायक पर्ने परीक्षा केन्द्र तोक्ने भएको छ । कोरोना भाइरसका कारण घर गएका परीक्षार्थीलाई सहज होस् भनेर पनिकाले विद्यार्थीले रोजेको परीक्षा केन्द्रमा परीक्षा दिलाउने व्यवस्था गरिएको जोशीले बताए ।

योसँगै अब त्रिविको परीक्षा दिनका लागि काठमाडौँ आउने बाध्यता हटेको छ । “हामीले विद्यार्थीलाई परीक्षा फारामसँगै आफूलाई पायक पर्ने परीक्षा केन्द्र पनि छान्न भनेका छाैँ”, उनले भने, “विद्यार्थीले जुन परीक्षा केन्द्र रोज्छन् त्यही परीक्षा केन्द्रमा गएर परीक्षा दिन पाउने छन् ।”


Last Updated on: June 27th, 2021 at 1:16 am
४८२ पटक हेरिएको

तपाईको प्रतिक्रिया