मंगलबार २३ जेठ २०८०

भारतको भूमि रक्षा गर्दा गर्दै अ’स्ता’ए एक नेपाली
June 26, 2021 23
काठमाडौं । पाकिस्तानी सेनाको गो*ली लागेर जम्मु काश्मीरमा भारतीय सेनामा कार्यरत एक नेपालीको मृ’त्यु भएको छ । जम्मु काश्मीरको रजौरी जिल्ला नौसेरा सेक्टरस्थित एलओसीमा भारतीय सेनामा कार्यरत हवल्दार सम्बुर गुरुङको मृ’त्यु भएको हिन्दुस्तान टाइम्सले जनाएको छ । पाकिस्तानी सेनाको गोली लागेर ग’म्भी’र घा’इ’ते भएका गुरुङको मृ’त्यु भएको भारतीय सेनाले पुष्टि गरेको हो ।

स्वास्थ्य मापदण्ड पूरा गरेर सार्वजनिक यातायात सञ्चालन गर्न प्रशासन सकारात्मक रहेको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले जनाएको छ।व्यवसायी र अधिकारीहरूबीच जिल्ला प्रशासन कार्यालय

काठमाडौंमा सार्वजनिक यातायात सञ्चालन गर्ने विषयमा छलफल भएको थियो।करिब दुई महिनाअघिदेखि सार्वजनिक यातायात थन्किँदा मजदुर, सवारी धनी मर्कामा परेको महासंघका अध्यक्ष योगेन्द्रनाथ कर्माचार्य बताए।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीलगायत अधिकारी स्वास्थ्य मापदण्ड पूरा गरेर सार्वजनिक यातायात सञ्चालन गर्ने विषयमा सकारात्मक पाएको उनले जानकारी दिए।कोरोनाको जोखिम कायमै रहेकाले सावधानीपूर्वक यातायात चलाउने विषयमा छलफल भएको थियो।

जोरबिजोर गरेर सवारी चलाउँदा यात्रु कोचाकोच गरेर राख्नुपर्ने अवस्था आउने भएकाले सबै सवारी चलाउनुपर्ने व्यवसायीको माग छ।स्वास्थ्य मापदण्ड पूरा गरे नगरेको अनुगमनको व्यवस्था गर्नुपर्ने विषय पनि छलफमा उठेको थियो।

काठमाडौं उपत्यकामा मात्र नभई उपत्यकाबाट बाहिर जाने सवारी पनि खुला गर्न व्यवसायीले माग गरेका छन्।सार्वजनिक यातायात चलाएपछि सबै क्षेत्र चलायमान हुने भएकाले सावधानीपूर्वक चलाउने व्यवस्था मिलाउनुपर्ने यातायात व्यवसायीको माग छ।

प्रमुख जिल्ला अधिकारी पराजुलीले गृहसचिव र मुख्यसचिवसँग सल्लाह गरेर १३ गतेसम्म निर्णय गर्ने प्रतिबद्धता जनाए।महासंघले सार्वजनिक यातायातका चालक, सहचालकलाई अनिवार्यरूपमा खोप लगाउने व्यवस्था गर्न पनि माग गरेको छ।


Last Updated on: June 27th, 2021 at 1:22 am
६१३ पटक हेरिएको

तपाईको प्रतिक्रिया