मंगलबार १४ चैत्र २०७९

तपाईँ हवाई’यात्रामा हुनुहुन्छ भने विमान उड्नुअघिबाटै परिचा’रिकाहरूले तपाईँको मोबाइल स्विच अफ गर्न वा फ्लाइट मो’डमा राख्न आग्रह गरिरहेका हुन्छन्। विमान’मा यात्रुसँग भएका अन्य विद्यु’तीय उप+करणको प्रयोग नगर्न पनि आ’ग्रह गरिन्छ।

तर धेरैजसो अन्त-र्राष्ट्रिय उडान-हरूमा निश्चित उचाइ’मा विमान पुगेपछि यस्ता उप’करण प्रयोग गर्न छुट दिइन्छ। कतिपय विमान सञ्चालकहरूले त उडिरहेको जहाजमै वाई’फाईको समेत सुविधा दिएका हुन्छन्। विमान उड्ने र अव’तरण गर्ने समयमा किन मोबा’इल र अन्य विद्यु’तीय उप’करण प्रयोग गर्न दिइँदैन तपाईँलाई थाहा छ?

सन् २००६ को घ:टना
बीबीसी फ्यूचरले सन् २०१३ मा प्रकाशित गरेको एउटा विवरण’अनुसार सन् २००६ को घ’टनामा एक यात्रुले प्रयोग गरिरहेको डीभीडी प्लेयर स्विच अफ गर्ने’बित्तिकै ३० डिग्री’सम्म फरक देखा’इरहेको विमानको नेभिगेशन सिस्टम’ले ठिकसँग काम गरेको थियो।

ती व्यक्तिले उक्त उपक’रण स्विच अन गरेपछि पुनः उक्त समस्या दोहोरिएको घ’टना विद्युतीय उपकरणले विमानको उडानमा दुष्प्र’भाव पारेका १२५ तथ्याङ्क’लाई विश्लेषण गर्दै स्पेक्ट्र’ममा प्रकाशित भएको एक विवरणलाई उद्धृत गर्दै प्रका’शित गरिएको छ।

विश्व’भरि नै १०,००० फिटभन्दा कम उचा’इमा विमान उडेको समय’मा मोबा:इल र अन्य विद्युतीय उपक’रण प्रयोग गर्न नदिने अभ्यास छ।

विमानमा किन मोबाइल फोन चलाउन दि’इँदैन?

राष्ट्रिय ध्वजा’वाहक नेपाल वायुसेवा निगमका वरिष्ठ प्राविधिक अधिकृत दे’वेन्द्र पुनका अनुसार उडानका क्रममा नि’श्चित अवस्थामा मोबा’इल फोन:हरू प्रयोग गर्न न’दिनुका केही व्याव:हारिक कारण छन्।

“विमा:नले निश्चित उचाइ हासिल गरेर जब सबै कुरा सामान्य हुन्छ त्यस बेला पाइलटले सीटको पेटी खोल्न र शौचा:लय जान अनुमति दिन्छन्, त्यो चरणमा मो’बाइल चलाउन पनि पाइन्छ,” उनले भने। “तर विमान उड्ने र अव’तरण गर्ने बेलामा चाहिँ प्रयोग गर्न हुँदैन।”

विमा:नमा प्रयोग हुने दिशा देखाउने नेभिगे’शनका र अरू सञ्चार उपकरणहरू पनि वायरलेस प्रणालीबाट सञ्चालन हुने भएकाले मोबाइल मात्र नभएर रेडिओ फ्रिक्वेन्सी र अल्ट्रा’साउन्ड फ्रिक्वेन्सीले त्यस्ता उपकरण’लाई असर गर्न सक्ने उनी बताउँछन्।

उनका अनुसार प्रमुख कारण’हरू यस्ता छन्ः

फ्रिक्वेन्सी जुध्ने जोखिम,ध्यान केन्द्रित नहुने चि’न्ता
“कहिले-काहीँ फ्रिक्वेन्सी जुधेर पाइल:टले सञ्चार गरि’रहेको कुरा नसुनिन सक्छ वा प्रभावित हुन सक्छ,” उनले भने।नेपाल दूरसञ्चार प्राधि:करणका सहायक प्रवक्ता अच्युतानन्द मिश्र पनि त्यस्तो जोखिम हुने बताउँछन्।

उनका अनु’सार कम उचाइमा उडि:रहेको विमानमा मोबाइल फोनको फ्रिक्वेन्सीको पहुँच हुन सक्छ र कतिपय अवस्थामा फ्रिक्वेन्सी खप्टि’एर पाइ’लटले गर्ने सञ्चारमा प्र’भाव पर्ने जोखि’म हुनसक्छ।

“विमान र मोबा’इलले प्रयोग गर्ने फ्रिक्वेन्सी फरक भए पनि कहिले’काहीँ त्यो जु’ध्न सक्ने जोखिम हुन्छ र यस्तो भयो भने विमा’नको सञ्चार प्रभावित हुन सक्छ,” मिश्रले भने।

महेन्द्रनगर (दोधारा चाँदनी) –

कञ्चनपुरको महाकाली नदी बगरमा किसन सोनाहको परिवार वालुवा छान्न र गिट्टी कुट्नमा व्यस्त छ । छेउमा साढे दुई वर्षको नाति रोइरहेको छ तर यो परिवार भने बच्चाको रुवाईलाई खासै वास्ता नगरी काम सकाउन तल्लिन छ ।

भीमदत्त नगरपालिका-१२ ऐरीका ४५ वर्षीय किसन सोनाहको परिवारले प्रत्येक वर्ष नौ महिना यसैगरी बगरमा बिताउँछ । परिवारको खर्च जुटाउनका लागि आफूहरुसँग यसको विकल्प नभएको किसन सोनाहको भनाइ छ । भीमदत्त नगरपालिका वडा नं १२ र १३ मा लामो समयदेखि बसोबास रहेका अल्पसङ्ख्यक सोहान जातिको आयस्रोतको मुख्य आधार नै महाकालीको बगर बनेको छ ।

“बर्दियातिर हाम्रो समूदायका मानिसले सुन छान्ने काम गर्छन्”, उहाँले भन्नुभयो, “तर यहाँ सुन भेटिदैन र बालुवा छान्ने र गिट्टी कुट्नुको विकल्प छैन ।” आफूसहित श्रीमती, छोरा, बुहारी सबैजना गिट्टी कुट्नमा व्यस्त यो परिवारका लागि साढे दुई दशकदेखि महाकालीको बगर आम्दानीको स्रोत बनेको छ । यो परिवारले यसरी हरेक दिन खटिँदा मासिक रु २५ हजारसम्म कमाउने लक्ष्मी सोनाहले बताउनुभयो ।

“चामल किन्नेदेखि बिरामी हुँदा ओखती किन्नका लागि समेत यो परिवारले यही बगरमा दैनिक कडा परिश्रम गर्दै आएको छ”, लक्ष्मी सोनाहले रासससँग भन्नुभयो, “दिनभरको कमाइ नगरे साँझ विहान घरमा चुल्हो बल्दैन ।” चुनावको समयमा भोट माग्न आउने राजनीतिक दलका नेताहरुले समूदायको हितमा काम गर्ने भन्दै कैयन आश्वासन दिए पनि चुनाव जितेपछि भने बिर्सिने गरेको उहाँको गुनासो छ ।

त्यसैगरी पाँच वर्ष भारतको महाराष्ट्र र गुजरातमा मजदुरी गरेर स्वदेश फर्किनुभएका अशोक सोनाह पनि बगरमै मजदुरी गर्न व्यस्त हुनुहुन्छ । प्रत्येक वर्ष असोजदेखि जेठसम्म यो समूदायका अधिकांश सदस्यले बगरमै पसिना बगाउने उहाँको भनाइ छ ।

“हाम्रो तीन पुस्ता अहिले यही बगरमा व्यस्त छ”, उहाँले भन्नुभयो, “सरकारले हाम्रो जस्तो समूदायका व्यक्तिलाई सीप सिकाएर रोजगारी दिएको भए राम्रो हुन्थ्यो ।” अशोकले हजुरबुवादेखि आफूसम्म यही बगरमा काम गरिरहेको बताउनुभयो ।

अहिले महाकालीमा प्रतिट्रली बालुवा रु एक हजार र गिट्टी रु एक हजार आठ सयमा बिक्री हुन्छ । “पूरै परिवारले चार दिनमा एक ट्रली गिट्टी छान्न सक्छौँ”, उहाँले भन्नुभयो, “पहिले भुजेलातिर सङ्कलन गथ्र्यौ अहिले झोलुङ्गे पुल क्षेत्रतर्फ सरेका छौँ ।”

ओदालीका ५५ वर्षे चन्द्रकला सोनाह पनि बुहारी सुनितासँगै बगरमा गिट्टी कुट्न व्यस्त हुनुहुन्छ । “हाम्रो परिवारको दैनिकी त यही बगरका ढुङ्गासँग लड्नु हो”, सुनिताले भन्नुभयो, “बगरमा दिनभर काम गर्न पाइयो भने घरमा चुल्हो बल्छ ।”

दुई नातिलाई स्कूल पठाएर आफूहरु बगरमा आएको चन्द्रकला सोनाहले बताउनुभयो । “छोरो काम गर्न कतार गएको छ”, उहाँले भन्नुभयो, “खेतिपाती गर्न खेत नभएपछि बुहारी र म बगरमै काम गर्न आउँछौँ ।” उहाँले नौ महिना बगरमा पसिना बगाएपछि बाँकी समय गाउँघरमा मजदुरी गर्दै आएको बताउनुभयो ।

“केही वर्ष गाउँघरमा घर बनाउनेदेखि अरु काममा ज्याला मजदुरीसमेत गरेँ”, सुनिताले भन्नुभयो, “गाउँमा काम गरेको पैसासमेत समयमा नपाउने भएपछि फेरि बगरमै आए ।”

उहाँले केही समयअघि बाख्रापालन, कुखुरापालन तालिम सञ्चालनका लागि समूदायले पहल गरे पनि सरोकारवाला निकायबाट कुनै सुनुवाइ नभएको गुनासो गर्नुभयो । “गाउँमा सिलाइकटाइको सीप सिकेर काम गरौँ भन्दा पनि पाइन, त्यसैले बगरमै काम गर्नु परेको छ”, उहाँले भन्नुभयो ।

बगरमा हाल सोनाह समूदायको करिब ४० परिवार बालुवा छान्ने र गिट्टी कुट्ने काम गरिरहेको छ । महाकाली नदीको भुजेला क्षेत्रदेखि दोधारा चाँदनी झोलुङ्गे पुलसम्म तीन सयभन्दाबढी विपन्न परिवार अहिले बालुवा र गिट्टी छानिरहेको छ ।

यहाँका अधिकांश सोनाह जातिसँग खेतीयोग्य जमिन छैन भने यो समूदायका धेरै परिवार ऐलानी र नदी किनारका खाली जमिनमा टहरा बनाएर बसिरहेका छन् ।

सोनाह जाति पुस्ताँैदेखि यहाँ मजदुरी गरिरहेको भए पनि करिब एक÷डेढ दशकयता दलित, विपन्न र चौधरी समूदाय पनि बगरमै टहरा बनाएर मजदुरीमा गर्छन् । बगरमा आश्रय लिएर बालुवा, गिट्टी छानिरहेका कञ्चनपुरको बेलौरी नगरपालिका–८ कलकत्ताको जुगमनि चौधरीको दम्पती पनि यहीँ काम गरिरहेको छ ।

“बगरमा सङ्कलन खुलेकाबेला काम गर्न आउन थालेको आठ वर्ष भयो”, चौधरीले भन्नुभयो, “वृद्धावस्था हुँदा भारत गएर काम गर्न सकेनौँ र यही काम गरेर परिवारको खर्च चलाइरहेका छौँ ।”

यहाँको बेलौरी, बेल्डाँडी क्षेत्रका व्यक्तिहरु पनि बगरमै टहरा बनाएर काम गरिरहेका छन् । महाकाली वरपरको तटीय क्षेत्रका दलित एवं विपन्न समूदायका अधिकांश परिवार अहिले बगरमै सङ्घर्ष गरिरहेका छन् ।

यहाँ हरेक वर्ष भीमदत्त नगरपालिकाले नदीजन्य पदार्थ सङ्कलनका लागि ठेक्का दिँदै आएको छ । उक्त रोयल्टीवापतको रकम भीमदत्त र दोधाराचाँदनी नगरपालिकाले बाँडफाँट गर्दै आएका छन् ।

भीमदत्त नगरपालिका वडा नं १३ का अध्यक्ष रामबहादुर बोहराले लामो समयदेखि स्थानीय र जिल्ला बाहिरबाट समेत बगरमा बालुवा, गिट्टी जानेर जीविकोपार्जन गर्ने नागरिक धेरै रहेको बताउनुभयो । “कैलालीको टीकापुरदेखि बेलौरी, बेल्डाँडीबाट गिट्टी छान्न आउनेहरु रातभर बगरमै सुत्छन्”, अध्यक्ष बोहराले भन्नुभयो, “तटीय क्षेत्रका स्थानीय भने दिनभर बगरमा काम गरेर बेलुकी घर फर्कन्छन् ।”


Last Updated on: January 27th, 2023 at 1:20 pm
१०० पटक हेरिएको

तपाईको प्रतिक्रिया