
रुपा प्रकरणमा भ्रम फैलाउने गिरोहको पहिचान, यी हुन् अराजक धन्दावालहरू
June 27, 2021 1
facebook sharing button Sharetwitter sharing button Tweetemail sharing button Emailsharethis sharing button Sharemessenger sharing button Share
काठमाडौं । काठमाडौंका बबरमहलमा जातीय भेदभाव गरेर रुपा सुनारलाई कोठा भाडा दिन इन्कार गरेको विषयलाई गलत सूचना र समाचारसहित समाचार सम्प्रेषण गर्ने ९ वटा अनलाइनविरुद्ध प्रेस काउन्सिल नेपालमा उजुरी परेको छ ।
पीडत सुनारले शुक्रबार प्रेस काउन्सिलमा आफूविरुद्ध भ्रामक र जातीय द्वेष राखेर समाचार लेख्ने अनलाइनहरूविरुद्ध कारबाहीको माग गरेर उजुरी दिएकी हुन् ।
सुनारले नेपालपाना डटकम, खबरमाला डटकम, कालापानी पोस्ट, इकालापानी पोस्ट, मिडिया २० पोस्ट, आजको नयाँ डटकम, ग्यालेक्सी सेभेन एक्सप्रेस डटकम, साझा मिडिया डटकम र नेपाल पहरा डटकमविरुद्ध लिखित उजुरी दिएकी हुन् ।
विभिन्न गिरोहबाट सञ्चालित यी अनलाइनहरूले सुनारविरुद्ध समाचार सम्प्रेषण गरेर मिलेर बसेका जातजातिबीच जातीयद्वन्द्व हुने गरेर समाचार सम्प्रेषण गरेको पीडित सुनारले बताएकी छिन् ।
सुनारविरुद्ध यी अनलाइनहरूले युरोपियन युनियन (ईयू)बाट डेढ करोड रुपियाँ लिएका जस्ता भ्रामक समाचार सम्प्रेषण गरेको सुनारले उजुरीमा उल्लेख गरेकी छिन् । उनले ती अनलाइनहरूलाई हदैसम्मको कारबाही माग गरेकी छिन् ।