मंगलबार २३ जेठ २०८०

हामीले साहित्य, फिल्महरुमा टार्जन, मोगली जस्ता पात्रहरुबारे पढेका वा देखेका छौं । उनीहरु आफ्नो जीवन जंगलमै बिताउँछन् । तर, यी काल्पनिक पात्रजस्तै एक व्यक्ति वास्तविक जीवनमा पनि छन् जसले ४१ वर्ष जंगलमा बिताएका छन् ।

उनलाई उनका पिताले जंगलमै हुर्काए र उनलाई संसारमा महिलाहरु छन्, महिलाहरुसँग शा-री-रि-क स-म्ब-न्धप-छि बच्चा जन्मिन्छन् र सृष्टि चल्छ भन्ने समेत थाहा थिएन ।

YOU MAY LIKEAdskeeper

גבר, תכיר את המוצר שיחזיר את התשוקה לזוגיות שלך
368
92
123

Prince Harry And Meghan Markle Having Marriage Problems
304
76
101

It Must Have Been A Kind Of Hell For A Little Chrissy Metz
464
116
155
अहिले ४९ वर्षका हो भान लांग र उनका पिता हो भान थान्हले ४१ वर्ष घना जंगलभित्र बसेर बिताए । भियतनामको यु-द्ध-का बेला भागेर जंगल पसेका उनीहरुले कुआंग गाइ प्रान्तको ते त्रा जिल्लामा पर्ने घना जंगलमा यति लामो समय बिताए ।

उनीहरुले जंगलमा रुखका घर बनाए, रुखका बोक्रा र पातको कपडा बनाएर लगाए र मुसा मा-रे-र खा-ए । ४ दशकसम्म उनीहरुको कुनै पनि अर्को मानिस र आधुनिक संसारसँग कुनै पनि सम्पर्क भएन ।

द सनको एक रिपोर्टअनुसार थान्ह त्यतिबेला सेनामा थिए । १९७२ मा अमेरिकी सेनाको बमले उनकी श्रीमती र दुई सन्तानलाई मा-रि-दि-ए-पछि उनले २ वर्षका छोरा लांगलाई लिएर जंगलभित्र भाग्ने निर्णय गरेका थिए ।

त्यसपछि ४१ वर्षसम्म कुनै पनि अर्को मानिससँग नभेटेरै बसेका उनीहरुलाई स्थानीयले २०१३ मा फे-ला पा-रे-का थिए । त्यसपछि उनीहरु विस्तारै समाजमा घुलमिल हुन थालेका छन् ।

उनीहरु अहिले जंगलनजिकै एउटा घरमा बस्छन् । २०१५ मा पर्यटकहरुलाई मानिसको बसोबास नभएको दु-र्ग-म क्षेत्रमा वि-दा-को प्याकेज उपलब्ध गराउने कम्पनी दोकास्तावेका प्रबन्ध निर्देशक अल्भारो सेरेजोले लांगसँग भेटेका थिए ।

उनले लांगसँग जंगलमा जीवित रहने तरिकाहरुबारे जान्न चाहेका थिए । तर, उनीहरु जंगलमा जहाँ लांग हुर्केका थिए त्यहीँ ५ दिन साथमै बिताए । अल्भारोका अनुसार

लांगले महिला र पुरुष छुट्याउन निकै सं-घ-र्ष गरेका थिए र उनलाई अहिलेसम्म पनि महिला र पुरुषबीचको आधारभूत फरक थाहा थिएन । ‘म यो पुष्टि गर्न सक्छु कि लांगलाई कहिल्यै पनि न्यूनतम

यौ-न इ-च्छा समेत भएन र उनको प्रजनन सम्बन्धी व्यवहार कहिल्यै पनि देखिएन’ सेरेजोले भने । लांग र थान्हको खाना फलफूल, तरकारीहरु, मह र बाँदर, मुसा, सर्प, छेपारो, भ्यागुता, चमेरा, चराहरु र माछाजस्ता विभिन्न किसिमका मासुहरु थिए ।

सेजारोले भने ‘लांगले जनावरको कुनै पनि भाग खेर फाल्दैनथे । जतिबेला म उनीसँग थिएँ मैले लांगलाई जैतुनजस्तै गरी चमेरा खाएको देखेको थिएँ । उनले मुसाको टाउको र आन्द्राभुँडी पनि खान्थे ।’

उनीहरुले जंगलमा सधैं आगो बालिराख्थे र जंगलमा भेटिएका सामग्रीहरुबाट विभिन्न भाँडाकुँडा बनाएका थिए । लांगको जीवन सहजै चलिरहेको थियो तर अचानक उनका पिताको स्वास्थ्य बिग्रियो ।

‘उनका पिताको खराब मानसिक अवस्थाका कारण लांग पछिल्ला केही वर्ष पूरै तनाव र एङजाइटीमा बाँचेका थिए । कहिलेकाहीँ उनी रातभरी जागा बस्थे’ सेजारोले भने ।

जब उनीहरुलाई अरु मानिसले फेला पारे त्यसपछि लांगलाई कारमा गाउँ लगिएको थियो जहाँ उनी आधुनिक विकास देखेर दंग परेका थिए । रातमा बल्बबाट प्रकाश आइरहेको देख्दा उनी छक्क पर्थे ।

लांगका अनुसार रातको समयमा पनि प्रकाशको मजा लिन पाउनु उनका लागि सबैभन्दा अद्भूत लागेको थियो । त्यसपछि उनले जीवनमै पहिलो पटक टेलिभिजन देखे । यो यस्तो चीज थियो जसबारे उनका पिताले उनी युवा हुँदा भनेका थिए ।

त्यसैले उनलाई त्यहाँ देखिने मानिसहरु बाकसभित्र छैनन भन्ने चाहिँ थाहा थियो । लांग अहिले आधुनिक गाउँमा बस्छन् तर अझै पनि सामाजिक नियमलाई भने बेवास्ता गर्छन् ।


Last Updated on: June 27th, 2021 at 4:07 pm
१५०५ पटक हेरिएको

तपाईको प्रतिक्रिया