बिहिबार ११ आश्विन २०८०

अचम्म ! नेपालमै भेटियो १२ बर्षको कुखुरा, १ लाख दिए पनि नबेच्ने (भिडियो हेर्नुस)

कैलालीको टिकापुर नगरपालिका भित्र पर्ने मनिकापुर भन्ने गाउँमा एउटा अचम्मको कुखुरा फेला परेको छ । प्यारु चौधरीको घरमा भएको पोथी कुखुरा १४
बर्ष हुदा समेत जिवित पाईएको हो । अरु कुखुरालाई जस्तै सामान्य हेरचाहा गर्दा समेत कुखुरा यति धेरै बर्ष बाचेको देख्दा आफु अचम्मित परेको प्यारु बताउछन् ।

प्यारुले यो कुखुरा १२ बर्ष पहिला आफ्नो ससुराली बाट पाएका थिए । कुखुराको बच्चाहरु, अण्डाहरु खाए पनि कुखुरा
पालि राख्छु भन्ने सोचले समेत अहिलेसम्म कुखुरा बाचिराखेको उनि बताउछन ।

कुखुरालाई अहिले सम्म कुनै पनि रोग नलागेको र चिल र स्यालले लग्दा समेत दुई दिन पछि सम्ममा आफै घरमा आएको रोचक प्रसंग सुनाउछन उनि ।

आफ्नो लागि कुखुरा अमुल्य भएको र कसैले १ लाख दिए भने पनि बेच्न नसक्ने उनले बताएका छन् ।
प्रस्तुत छ तिनै भाईरल कुखुराको भिडियो । हेरेर प्रतिक्रिया दिनुहोला । \


Last Updated on: June 27th, 2021 at 12:02 pm
११४० पटक हेरिएको

तपाईको प्रतिक्रिया