
काठमाडौं / समावेशी आयोगमा नियुक्त पाँच पदाधिकारी खस–आर्य समुदायका मात्र छन् । यसले संविधानले कल्पना गरेको समावेशी आयोगको प्रतिनिधित्व नै असमावेशी भएको देखाएको छ ।
नेपालको संविधानको धारा २५९ मा खस–आर्य, पि’छडा वर्ग, अपां’गता भएका व्यक्ति, ज्येष्ठ नागरिक, श्रमिक, किसान, अल्पसंख्यक एवं सीमान्तीकृत समुदाय तथा पि’छडिएको वर्ग र कर्णाली तथा आर्थिक रूपले विप’न्न वर्ग लगायत समुदायको हक अधिकारको संरक्षणका लागि अध्ययन तथा अनुसन्धान गर्न समावेशी आयोग गठन गर्ने व्यवस्था गरिएको छ । तर संविधानको यस भावनालाई सरकारले पूर्ण रूपमा बेवा’स्ता गर्दै खस–आर्य समुदायका व्यक्तिलाई मात्र आयोगमा सिफारिस गरेको हो ।
बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीले समावेशी आयोगमा तीन पदाधिकारी नियुक्त गरेकी हुन् । सरकारले यसअघि संवैधानिक परिषद्सम्बन्धी अध्यादेश ल्याएर समावेशी आयोगमा रामकृष्ण तिमिल्सिना, पुष्पराज तिमिल्सिना र मानप्रसाद खत्रीलाई सिफारिस गरेको थियो।
रामकृष्ण कास्की, पुष्पराज पर्वत र खत्री बझाङका हुन् । संसदीय सुनुवाइबिना नै राष्ट्रपतिबाट उनीहरूको नियुक्ति भएका हुन् । संसद् नभएको बेला ४५ दिनसम्म संसदीय सुनुवाइ नभएपछि राष्ट्रपतिबाट स्वतः नियुक्त हुने संवैधानिक व्यवस्था भएअनुसार सिफारिस भएको सोही अवधि पूरा भएपछि आयोगमा ती पदाधिकारी नियुक्ति गरिएका थिए ।
आयोगमा यसअघि कार्यरत दुई पदाधिकारी विष्णुमाया ओझा र हरिदत्त जोशी पनि खास–आर्य समुदायकै हुन् । आयोगमा खास–आर्य समुदायकै दुईजना हुँदाहुँदै सरकारले अरू तीनजना सोही समुदायकै व्यक्तिलाई आयोगमा मनोनयन गरेको थियो । आयोगका अध्यक्षमा रामकृष्ण तिमिल्सिना नियुक्त गरिएका छन् । यो ख’बर आ’जको नाग’रिक दैनि’कमा छापि’एको छ ।