भ्वाइस अफ नेपालमा नयाँ कोच, दीप श्रेष्ठ ठाउँमा अब राजेशपायल राईले सम्हाले कार्यभार
June 26, 2021 47
facebook sharing button Sharetwitter sharing button Tweetemail sharing button Emailsharethis sharing button Sharemessenger sharing button Share
काठमाडौं । टेलिभिजन रियालिटी सो द भ्वाइस अफ नेपालको कोचमा नयाँ कोच चुनिएका छन् । भ्वाइस अफ नेपालमा गायक राजेशपायल राईले कार्यभार सम्हालेका छन् । सोही सो का कोच एवं वरिष्ठ गायक दीप श्रेष्ठ अस्वस्थ बनेपछि राई एपिसोड २२ बाट राईले कार्यभार सम्हालेका हुन् ।
कोरोनाभाइरस संक्रमण भए घरमा नै स्वास्थ्य लाभ गरिररहेका गायक दीपले केही समय आराम गर्नुपर्ने भएपछि राईलाई कोचका रुपमा लिइएको भ्वाइस अफ नेपालले जनाएको छ ।
नयाँ कोचको लागि शुभकामना दिँदै भिडियो सन्देश जारी गर्दै गायक श्रेष्ठले पनि आफ्ना प्रिय भाई राजेशपायल राईलाई कार्यभार सुम्पन पाउँदा खुशि लागेको बताएका छन् । कोच सम्हालेका राईले पनि श्रेष्ठको शीघ्र स्वास्थ्य लाभको कामना गरे ।
भ्वाइस अफ नेपालको ब्याटल राउण्ड समाप्त भई नकआउट राउण्डमा प्रवेश गरेकोथियो । जस अनुसार नकआउट राउन्ड प्रशारण हुनु पर्ने थियो । तर महामारीको दोस्रो लहरका कारण केही समययता लकडाउनको अवस्था रहेको र कार्यक्रम उत्पादनमा संलग्न केहीमा संक्रमण देखिएका कारण ता नकआउट राउण्डका नयाँ श्रृङ्खला प्रशारण नहुने हिमालय टेलिभिजनले जनाएको थियो ।