
वीरगंज। भारतीय सीमावर्ती सहर रक्सौलमा घरायसी सामान किनमेल गर्न शनिबारको दिन सरकारी गाडी लगिएको पाइएको छ ।
सार्वजनिक विदाको दिन शनिबार सरकारी गाडी कार्यालय प्रमुख तथा मेयरका आफन्तले किनमेलको लागि भारतीय सिमावर्ती सहर रक्सौल लगेको पाइएको हो।
स्थलगत अनुगमनको क्रममा भारतको रक्सौल स्थित भारतीय आयल कर्पोरेशनको दक्षिणपट्टि रहेको सवारी पार्किङ्गमा दुईवटा सरकारी गाडी पार्किङ्ग गरेको अवस्थामा फेला पारेका थियौं ।
बा. २ झ ४४३६ र मधेश प्रदेश ०३–००१ झ ००८२ नम्बरको सरकारी गाडी पार्किङ्ग स्थलमा पार्क गरि राखिएको थियो । बा। २ झ ४४३६ नम्बरको हाफ बडि स्कार्पियो जगरनाथपुर गाउँपालिकाको रहेको जानकारी प्राप्त भएको छ भने मधेश प्रदेश ०३–००१ झ ००८२ नम्बरको स्कार्पियो पनि पर्सा जिल्लाकै कुनै पालिकाको गाडी रहेको थियो । दुबै गाडीमा महिला सवार भई घरायसी सामान किनमेल गर्न रक्सौल बजार पुगेका थिए । जगरनाथपुर गाउँपालिकाको गाडी लिएर आएका सवारी चालकसँग बुझ्दा आफूले केही नगरेको, जसले गाडी ल्याएको छ उसैसँग गएर बुझ्न भनि त्यहाँबाट फरार भएका थिए ।
यो त उदाहारणको पात्र मात्रै हुन्, पर्सा जिल्लामा रहेका १४ वटा पालिकाहरुमध्ये सीमावर्ती क्षेत्रमा पर्ने अधिकाँश पालिकाको गाडी भारतीय सिमावर्ती सहरमा पुग्ने गरेको पाइन्छ । सरकारी नम्बर प्लेटको मोटरसाइकलमा त तस्करहरुले ल्याउने सामान भन्दा पनि बढि सामान लोड गरेर खुलेयाम मुख्य भन्सार हुँदै ल्याउने गरेको सहजै देख्न सकिन्छ । सरकारी नम्बरको गाडी लिएर सिमावर्ती सहरमा सामान किनमेल गर्न जाँदा सुरक्षाकर्मीले रोकटोक नगर्ने, जतिपनि सामान किनेर ल्याए पनि चेकजाँच नहुने, त्यसमा पनि आफ्नो निजी खर्च पनि नहुने कारणले गर्दा जनप्रतिनिधि तथा कर्मचारी पत्निहरु सरकारी गाडीको दुरुपयोग गर्ने गरेको पाइन्छ ।
सम्बन्धित नियामक निकाय जिल्ला प्रशासन कार्यालयको कमजोरीको कारण पनि जिल्लाका पालिकाहरुको आफ्नो निजी कामको लागि जनप्रतिनिधिका आफन्त एवं प्रमुख प्रशासकीय अधिकृत लगायत कर्मचारीहरुका श्रीमतीले गाडी लिएर घरायसी सामान किनमेल गर्न रक्सौल पुग्ने गरेका छन् । यसो पनि शनिबारको दिन सरकारी गाडी चलाउन नपाइने नियम रहेको अवस्थामा पालिकाको गाडी शनिबारको दिन सामान किनमेल गर्न सिमावर्ती सहर पुग्नुले त्यहाँको जनप्रतिनिधि एवं कर्मचारीहरुको कार्यशैलीलाई प्रष्टाएको छ ।
यसो पनि पर्सा जिल्लाको स्थानीय पालिकाहरुका जनप्रतिनिधि एवं कर्मचारी श्रीमतीहरुले सरकारी गाडीको दुरुपयोग गरेको यो पहिलो कुरा होइन, पटक पटक यो विषयको उठान गरिएको छ तर सम्बन्धित निकायको लाचारीपनको कारण सरकारी गाडी दुरुपयोगमा कमि हुनुको साथै झन बढ्दै गएको पाइन्छ । यसबारे पर्साका सहायक प्रमुख जिल्ला अधिकारी महेशराज तिमिल्सिनाले श्निबारको दिन पास नलिईकन कुनै पनि सरकारी गाडी संचालन गर्न नपाइने भन्दै त्यस्तो पाइएमा ट्राफिकसँग समन्वय गरि नियन्त्रणमा लिई सम्बन्धित कार्यालयमा फर्काइने बताए ।
सामान्यता सरकारी विदामा सरकारी गाडी चलाउन पाइँदैन, तर कुनै यस्तो कार्यालय हुन्छ, फिल्डमा जानुपर्ने हुन्छ, शान्ति सुरक्षा कायम गर्न जानुपर्ने हुन्छ, त्यस्तो अवस्थामा जिल्ला प्रशासन कार्याल्यबाट सवारी पास जारी गरिन्छ र त्यसले मात्रै गाडी चलाउन पाउँछ तर यसरी अनुमति नलिई सरकारी विदाको दिन चलाउने गाडीलाई कारवाही गरिने उनको भनाई छ । परिवार घुमाउने सन्दर्भमा शनिबारको दिन परिवारलाई पनि लैजान नपाउने उनको भनाई छ तर यहाँ सरकारी गाडी परिवारको सदस्यहरुलाई सयर गर्नका लागि बढी प्रयोग गर्ने गरिएको पाइएको छ ।
प्रतिक्रिया दिनुहोस्
महेन्द्रनगर (दोधारा चाँदनी) –
कञ्चनपुरको महाकाली नदी बगरमा किसन सोनाहको परिवार वालुवा छान्न र गिट्टी कुट्नमा व्यस्त छ । छेउमा साढे दुई वर्षको नाति रोइरहेको छ तर यो परिवार भने बच्चाको रुवाईलाई खासै वास्ता नगरी काम सकाउन तल्लिन छ ।
भीमदत्त नगरपालिका-१२ ऐरीका ४५ वर्षीय किसन सोनाहको परिवारले प्रत्येक वर्ष नौ महिना यसैगरी बगरमा बिताउँछ । परिवारको खर्च जुटाउनका लागि आफूहरुसँग यसको विकल्प नभएको किसन सोनाहको भनाइ छ । भीमदत्त नगरपालिका वडा नं १२ र १३ मा लामो समयदेखि बसोबास रहेका अल्पसङ्ख्यक सोहान जातिको आयस्रोतको मुख्य आधार नै महाकालीको बगर बनेको छ ।
“बर्दियातिर हाम्रो समूदायका मानिसले सुन छान्ने काम गर्छन्”, उहाँले भन्नुभयो, “तर यहाँ सुन भेटिदैन र बालुवा छान्ने र गिट्टी कुट्नुको विकल्प छैन ।” आफूसहित श्रीमती, छोरा, बुहारी सबैजना गिट्टी कुट्नमा व्यस्त यो परिवारका लागि साढे दुई दशकदेखि महाकालीको बगर आम्दानीको स्रोत बनेको छ । यो परिवारले यसरी हरेक दिन खटिँदा मासिक रु २५ हजारसम्म कमाउने लक्ष्मी सोनाहले बताउनुभयो ।
“चामल किन्नेदेखि बिरामी हुँदा ओखती किन्नका लागि समेत यो परिवारले यही बगरमा दैनिक कडा परिश्रम गर्दै आएको छ”, लक्ष्मी सोनाहले रासससँग भन्नुभयो, “दिनभरको कमाइ नगरे साँझ विहान घरमा चुल्हो बल्दैन ।” चुनावको समयमा भोट माग्न आउने राजनीतिक दलका नेताहरुले समूदायको हितमा काम गर्ने भन्दै कैयन आश्वासन दिए पनि चुनाव जितेपछि भने बिर्सिने गरेको उहाँको गुनासो छ ।
त्यसैगरी पाँच वर्ष भारतको महाराष्ट्र र गुजरातमा मजदुरी गरेर स्वदेश फर्किनुभएका अशोक सोनाह पनि बगरमै मजदुरी गर्न व्यस्त हुनुहुन्छ । प्रत्येक वर्ष असोजदेखि जेठसम्म यो समूदायका अधिकांश सदस्यले बगरमै पसिना बगाउने उहाँको भनाइ छ ।
“हाम्रो तीन पुस्ता अहिले यही बगरमा व्यस्त छ”, उहाँले भन्नुभयो, “सरकारले हाम्रो जस्तो समूदायका व्यक्तिलाई सीप सिकाएर रोजगारी दिएको भए राम्रो हुन्थ्यो ।” अशोकले हजुरबुवादेखि आफूसम्म यही बगरमा काम गरिरहेको बताउनुभयो ।
अहिले महाकालीमा प्रतिट्रली बालुवा रु एक हजार र गिट्टी रु एक हजार आठ सयमा बिक्री हुन्छ । “पूरै परिवारले चार दिनमा एक ट्रली गिट्टी छान्न सक्छौँ”, उहाँले भन्नुभयो, “पहिले भुजेलातिर सङ्कलन गथ्र्यौ अहिले झोलुङ्गे पुल क्षेत्रतर्फ सरेका छौँ ।”
ओदालीका ५५ वर्षे चन्द्रकला सोनाह पनि बुहारी सुनितासँगै बगरमा गिट्टी कुट्न व्यस्त हुनुहुन्छ । “हाम्रो परिवारको दैनिकी त यही बगरका ढुङ्गासँग लड्नु हो”, सुनिताले भन्नुभयो, “बगरमा दिनभर काम गर्न पाइयो भने घरमा चुल्हो बल्छ ।”
दुई नातिलाई स्कूल पठाएर आफूहरु बगरमा आएको चन्द्रकला सोनाहले बताउनुभयो । “छोरो काम गर्न कतार गएको छ”, उहाँले भन्नुभयो, “खेतिपाती गर्न खेत नभएपछि बुहारी र म बगरमै काम गर्न आउँछौँ ।” उहाँले नौ महिना बगरमा पसिना बगाएपछि बाँकी समय गाउँघरमा मजदुरी गर्दै आएको बताउनुभयो ।
“केही वर्ष गाउँघरमा घर बनाउनेदेखि अरु काममा ज्याला मजदुरीसमेत गरेँ”, सुनिताले भन्नुभयो, “गाउँमा काम गरेको पैसासमेत समयमा नपाउने भएपछि फेरि बगरमै आए ।”
उहाँले केही समयअघि बाख्रापालन, कुखुरापालन तालिम सञ्चालनका लागि समूदायले पहल गरे पनि सरोकारवाला निकायबाट कुनै सुनुवाइ नभएको गुनासो गर्नुभयो । “गाउँमा सिलाइकटाइको सीप सिकेर काम गरौँ भन्दा पनि पाइन, त्यसैले बगरमै काम गर्नु परेको छ”, उहाँले भन्नुभयो ।
बगरमा हाल सोनाह समूदायको करिब ४० परिवार बालुवा छान्ने र गिट्टी कुट्ने काम गरिरहेको छ । महाकाली नदीको भुजेला क्षेत्रदेखि दोधारा चाँदनी झोलुङ्गे पुलसम्म तीन सयभन्दाबढी विपन्न परिवार अहिले बालुवा र गिट्टी छानिरहेको छ ।
यहाँका अधिकांश सोनाह जातिसँग खेतीयोग्य जमिन छैन भने यो समूदायका धेरै परिवार ऐलानी र नदी किनारका खाली जमिनमा टहरा बनाएर बसिरहेका छन् ।
सोनाह जाति पुस्ताँैदेखि यहाँ मजदुरी गरिरहेको भए पनि करिब एक÷डेढ दशकयता दलित, विपन्न र चौधरी समूदाय पनि बगरमै टहरा बनाएर मजदुरीमा गर्छन् । बगरमा आश्रय लिएर बालुवा, गिट्टी छानिरहेका कञ्चनपुरको बेलौरी नगरपालिका–८ कलकत्ताको जुगमनि चौधरीको दम्पती पनि यहीँ काम गरिरहेको छ ।
“बगरमा सङ्कलन खुलेकाबेला काम गर्न आउन थालेको आठ वर्ष भयो”, चौधरीले भन्नुभयो, “वृद्धावस्था हुँदा भारत गएर काम गर्न सकेनौँ र यही काम गरेर परिवारको खर्च चलाइरहेका छौँ ।”
यहाँको बेलौरी, बेल्डाँडी क्षेत्रका व्यक्तिहरु पनि बगरमै टहरा बनाएर काम गरिरहेका छन् । महाकाली वरपरको तटीय क्षेत्रका दलित एवं विपन्न समूदायका अधिकांश परिवार अहिले बगरमै सङ्घर्ष गरिरहेका छन् ।
यहाँ हरेक वर्ष भीमदत्त नगरपालिकाले नदीजन्य पदार्थ सङ्कलनका लागि ठेक्का दिँदै आएको छ । उक्त रोयल्टीवापतको रकम भीमदत्त र दोधाराचाँदनी नगरपालिकाले बाँडफाँट गर्दै आएका छन् ।
भीमदत्त नगरपालिका वडा नं १३ का अध्यक्ष रामबहादुर बोहराले लामो समयदेखि स्थानीय र जिल्ला बाहिरबाट समेत बगरमा बालुवा, गिट्टी जानेर जीविकोपार्जन गर्ने नागरिक धेरै रहेको बताउनुभयो । “कैलालीको टीकापुरदेखि बेलौरी, बेल्डाँडीबाट गिट्टी छान्न आउनेहरु रातभर बगरमै सुत्छन्”, अध्यक्ष बोहराले भन्नुभयो, “तटीय क्षेत्रका स्थानीय भने दिनभर बगरमा काम गरेर बेलुकी घर फर्कन्छन् ।”