आइतबार १७ मंसिर २०८०

आज अषाढ १३ गते सम्भवत: विश्वकै सबैभन्दा छोटो समय राजा हुने व्यक्ति तत्कालिन राजा दीपेन्द्र वीर विक्रम शाहको जन्मदिन ।

२०५८ साल जेठ १९ को नारायणहिटी घटनामा जीवन गुमाउनेहरुमा दिपेन्द्र पनि एक हुन् तर बिडम्बना उक्त घटनाबारे छानबिन आयोगले दोष दिपेन्द्रमाथि नै थुपार्यो । जसलाई नेपाली जनताहरु बिश्वास गर्न तयार छैन ।

PROMOTED CONTENTAdskeeper

The Sexiest Game Of 2021!
179
45
60

גבר, תכיר את המוצר שיחזיר את התשוקה לזוגיות שלך
513
128
171

Prince Harry And Meghan Markle Having Marriage Problems
801
200
267
२०२८ साल अषाढ १३ गते राजा वीरेन्द्र वीर विक्रम शाह र रानी ऐश्वर्य राज्यलक्ष्मी शाहको पहिलो सन्तानको रुपमा जन्मिएका दीपेन्द्र पृथ्वीनारायण शाहका बंशका १३ औँ राजा घोषित भएका थिए।

तत्कालीन युवराज दीपेन्द्र शाह रसिक थिए । उनी नाँचगानमा निकै सौखिन थिए । नेपालीपन खुबै मनपराउँथे । हाँस्ने र रमाउने स्वभावका दीपेन्द्रले एक्कासी घटाएको भनिएको यो घटना धेरैका लागि आश्चर्यको विषय बन्यो । पत्याउनै कठिन घटना थियो त्यो ।

अस्पतालको बेडमै उनी राजा घोषित भए । गद्दीआरोहरण र राज्याभिषेक हुन नपाई केही दिनपछि मृ-त घोषणा गरियो ।

बाहिर फैलिएको हल्लाअनुसार दिपेन्द्रको देव्रे टाउकोमा गो-लीको दाग थियो । अर्थात उनलाई गो-ली देव्रे टाउकोमा लागेको थियो । जबकि उनी दाहिने हात प्रयोग गर्थे । दाहिने हात चलाउनेले कसरी देव्रे टाउकोमा आफै गोली हान्न सक्छन् ? यसर्थ धेरैको विश्वास छ, दिपेन्द्रको संलग्नता बनावटी कुरा मात्र हुन् ।

धेरै नेपाली नागरिकहरू यसलाई रहस्यमय रूपमा लिन्छन् यसमा धेरै आशंका साथै प्रश्नहरु पनि उठेका छन । सरकारी छानविन आयोगको भनाइअनुसार देवयानीसँग विवाह गर्ने दिपेन्द्रको चाहना विरूद्व उनकै आमा रानी ऐश्वर्य उभिएकी थिइन् ।

तत्कालीन राजा त्रिभुवनको निजी निवास त्रिभुवन सदनलाई प्रबलीकरण गरेर दीपेन्द्रको निजी निवासका रूपमा तयार गरिएको थियो ।उनलाई १८ वर्ष उमेर पुगेपछि श्रीसदनबाट त्रिभुवन सदनमा सारिएको थियो ।

दीपेन्द्र शाह बहुप्रतिभाशाली थिए । उनी लोकगीत गाउन खप्पिस थिए । विभिन्न भाकामा गीत गाएर मज्जा लिन्थे । उनी लोक गायक गायिकाहरुसँग बसेरै गाउँथे र गाएको सुन्थे ।

जब दिपेन्द्र लोकगीत गाउन थाल्थे रोकिनै कठिन हुन्थ्यो । उनी भाका हाली हाली जोसका साथ गाउँथे ।

पढाईमा समेत अब्बल थिए । भूगोलमा पीएचडी अध्ययनरत दिपेन्द्रको नामको अघि डाक्टर लेखाएर राजा हुने धोको अधुरै रह्यो । भूगोल कठिन विषय हो । उनी भूगोलमा एमए गरिसकेका थिए । त्रिभुवन विश्वविद्यालयबाट भूगोलका गोल्ड मेडलिष्ट पनि हुन् ।himalayadainikमा खबर छ


Last Updated on: June 27th, 2021 at 4:13 pm
१४७१ पटक हेरिएको

तपाईको प्रतिक्रिया