मंगलबार १६ आश्विन २०८०

काठमाडौ । नायिका निता ढुंगाना अहिले आफ्नो रिलिज हुन लागेको चलचित्र को प्रचार प्रसारमा रहेको बेला आफुलाई विवाह गर्न हतार भएको बताएकी छिन् ।

निता दुंगानाले क्यानाडा नेपालसंग कुराकानी गर्दै भनिन्, मलाई विवाह गर्न रहर लागेको छ तर विवाह गर्न केटा भेटाउन गाह्रो रहेछ। खोज्न पनि लाएकी छु तर अहिले सम्म कोही भेटिएको छैन र जुरेको पनि छैन ।

मिल्ने केटा पाए म विवाह गर्न तयार अवस्थामा छु । यो वर्ष त होईन अर्को वर्ष सम्म पक्का मेरो विवाह हुन्छ भन्ने लागेको छ । नायिका निता दुंगानाले अहिले चलचित्र निर्माणमा हात हालेकी छिन।

निता भन्छिन्, सुरुमा चलचित्रको कन्सेप्ट मन परेर निर्माणको घोषणा गरे तर त्यो बेला निर्देशक नै हराए र चलचित्र रोकियो । त्यस पश्चात पैसा नि कमि भयो र चलचित्र रोकियो र कहिले पैसा हुँदा राम्रो कन्सेप्ट हात लागेन ।

अहिले आएर सबै कुरा मिलेको छ, निता ढुंगानाको प्रेम र ब्रेकअपको गसिपले मिडिया घरिघरि तात्तिने गर्थ्यो । आमेश भण्डारीसंगको ब्रेकअप पश्चात निता ढुंगाना अहिले सिंगल बस्दै आएकी छिन ।


Last Updated on: June 28th, 2021 at 12:31 am
१३६ पटक हेरिएको

तपाईको प्रतिक्रिया