मंगलबार २३ जेठ २०८०

डोल्पाको ठूलीभेरी नगरपालिका–६, दूरगाउँकी एक सुत्केरीको मृत्यु भएको छ । डोल्पाकी २४ वर्षीया आतमाया विकको असुरक्षित रुपमा घरमै सुत्केरी हुँदा मृत्यु भएको छ ।

स्वास्थ्य संस्था नगई घरमै असुरक्षित रुपमा सुत्केरी हुनुभएकी विकको शिशु जन्मिनेबित्तिकै अत्यधिक रक्तस्रावका कारण आज बिहान मृत्यु भएको स्थानीयवासी लक्ष्मीचन्द्र कार्कीले जानकारी दिनुभयो ।

शिशुको स्वास्थ्य अवस्था राम्रो भए पनि दूधको अभावमा समस्या भएको उहाँले बताउनुभयो । सदरमुकाम दुनैभन्दा पाँच घण्टा पैदल दूरीमा दुरगाउँ रहेको छ ।

सुत्केरीलाई थप उपचारका लागि प्रसूति गृह लैजानका लागि बिहानै स्वास्थ्यकर्मी घरमा पुग्दा उनको मृत्यु भइसकेको बुढाले बताए । जिल्ला सदरमुकाम दुनै भन्दा ५ घण्टा पैदल दूरीमा दूरगाउँ रहेको छ । अघिल्लो वर्ष पनि यही ठाउँमा सुत्केरीको मृत्यु भएको थियो ।


Last Updated on: June 28th, 2021 at 12:37 am
५९३ पटक हेरिएको

तपाईको प्रतिक्रिया