
चितवनको राप्ती नगरपालिका १३ का गरिब परिवारलाई दाल, चामाल, नुन तेल लगायतका खाद्यान्न सहयोग एलिनाले शनिबार उक्त स्थानमै गएर हस्तान्तरण गरेकी हुन् । वर्षदिन काम गरेर पनि खान नपुग्ने त्यस स्थानका वासिन्दालाई केही खाद्यान्न सहयोग गर्न पाउँदा आफुलाई निकै सन्तुष्टि मिलेको कुरा एलिनाले बताएकी छिन् ।
उनले आफ्नो फेसबुक वालमा सहयोग गर्दाका तस्वीरहरु सेयर गर्दै सहयोग सम्बन्धि जानकारी गराएकी हुन् । आफू टिकटक लाइभमा बस्दा लाइभबाट आएको पैंसा र देश विदेशमा रहनुभएका नेपालीमनहरुको सहयोग मिसाएर उक्त सहयोग गर्न सफल भएको पनि एलिनाको भनाइ छ ।