
यी हुन् बाँकेकी चेली, ओलम्पिक खेल्न पाउने भाग्यमानी नेपाली खेलाडि
June 28, 2021 23
facebook sharing button Sharetwitter sharing button Tweetemail sharing button Emailsharethis sharing button Sharemessenger sharing button Share
बाँके जिल्लालाई खेलाडिको शहर पनि भनिन्छ । यो शहरले धेरै ओलम्पियन जन्माईसकेको छ । र त्यो लिष्टमा अर्को नाम पनि थपिँदैछ । त्यो नाम हो सोनिया भट्ट । बाँकेकी चेली सोनिया भट्टले टोकियो ओलम्पिक २०२० का लागि जुडो खेलमा वाइल्ड कार्ड प्राप्त गरेकी छन् ।
यसका साथै नेपालबाट अहिलेसम्म टोकियो ओलम्पिकमा सहभागी हुने खेल ५ पुगेको छ । पौडी, एथलेटिक्स, सु टि ङ, तेक्वान्दो र जुडोले ओलम्पिकमा सहभागिता जनाउने भएको हो । पौडी र एथलेटिक्स अनिवार्य सहभागी हुने भए तापनि सु टि ङ, तेक्वान्दो (पारा) र जुडोले वाइल्ड कार्डमार्फत सहभागिता जनाउने भएको हो ।
सोनियाले ४८ केजीमुनिको प्रतिस्पर्धामा सहभागिता जनाउने नेपाल ओलम्पिक कमिटीका सचिव एवं नेपाल जुडो संघका अध्यक्ष दीपकहर्ष बज्राचार्यले जानकारी गराए । उनले दुई खेलाडी इन्द्रबहादुर श्रेष्ठ र सोनियाका लागि पहल गरिएकोमा सोनियाले वाइल्ड कार्ड प्राप्त गरेको बताए । नेपाल पुलिसमा आवद्ध सोनिया विसं २०७६ मा नेपालमा सम्पन्न १३औं दक्षिण एसियाली खेलकुदकी कास्यपदक विजेता खेलाडी हुन् ।
सोनियाले सन् २०१९मा बंगलादेशमा आयोजना भएको जुडो च्याम्पियनसिपमा क्याडेटतर्फ ४४ केजीमा स्वर्णपदक प्राप्त गरेकी थिइन् । सन् २०१९ मा मोरोक्कोमा आयोजना भएको विश्व जुनियर च्याम्पियनसिपमा एक बाउट जित निकाल्दै २०० अंक बटुल्न सफल भएका कारण त्यसैलाई र अन्य प्रतिस्पर्धामा उनले देखाएको प्रदर्शनलाई आधार मानेर वाइल्ड कार्ड प्राप्त गर्न सफल भएको अध्यक्ष बज्राचार्यले जानकारी गराए ।