
डडेल्धुरा
डडेल्धुरामा एक युवती झुण्डिएको अवस्थामा फेला परेकी छन्।आलिताल गाउँपालिका–७ मेलगाझाकी २० वर्षीया राधिका साउद मृत फेला परेको ईलाका प्रहरी कार्यालय जोगबुढाले जनाएको छ।
मेलगाझा घर नजिकैको जंगलमा युवती रुखमा झुण्डिएको अवस्थामा भेटिएको ईलाका प्रहरी कार्यालय जोगबुढाका प्रहरी निरीक्षक गंगादत्त बडूले जानकारी दिए।
‘रुखमा झुण्डिएको अवस्थामा शव भेटिएको छ, घटना प्रकृति हेर्दा आत्महत्या जस्तो देखिन्छ,’ उनले भने, ‘पोष्टमार्टम रिपोर्टले थप खुलाउला।’
अहिले ती युवतीको शव पोष्टमार्टमका लागि जोगबुढा अस्पतालमा ल्याइएको छ। पोष्टमार्टमको तयारी भइरहेको प्रहरीले जनाएको छ।
उनी जोगबुढास्थित त्रिवेणी बहुमुखी क्याम्पसमा स्नातक प्रथम वर्षमा अध्ययरत थिइन्। साउद मृत भेटिएपछि बुधबारदेखि हुने भनिएको चौथो गाउँपालिकास्तरीय अध्यक्ष कप खुल्ला भलिबल प्रतियोगिता एक दिनलाई सरेको छ।
घरनजिकै झुन्डिएको अवस्थामा भेटिएकी साउद ७ नम्बर वडाको महिला भलिबल टिमकी सदस्य थिइन्।
यो प्रतियोगिता माघ १६ गतेदेखि गर्ने तयारी थियो। तर स्थगित गरेर सारिएको थियो। खेलाडी मृत भेटिएपछि प्रतियोगिता एक दिन पर सरेको हो।
भर्खरै
‘मलाई बाहिर निकाल, जीवनभर तिम्रो दासी बन्नेछु’
‘मलाई बाहिर निकाल, जीवनभर तिम्रो दासी बन्नेछु’
“मलाई बाहिर निकाल, जीवनभर तिम्रो दासी बन्नेछु।” टर्की भुकम्पमा पुरिएका दिदिभाइले भनिरहेका थिए (भिडियो सहित)
सोमबार टर्की र सिरियामा गएको शक्तिशाली भूकम्पपछि जताततै विनाश मात्रै देखिएको छ । भवनको भग्नावशेषबाट शव निकाल्ने प्रक्रिया जारी छ । तर यी सबैको बीचमा केही यस्ता तस्विरहरु पनि बाहिर आएका छन्, जुन कुनै चमत्कार भन्दा कम छैनन् । उत्तरी सिरियामा भूकम्प गएको ३६ घण्टापछि भग्नावशेषमुनि दिदीभाइलाई जिउँदै निकालिएको छ ।
अमेरिकी समाचार वेबसाइट सीएनएनको रिपोर्ट अनुसार बेसनया-बसईनेह सिरियाको हरम शहर नजिकैको एउटा सानो गाउँ हो। यहाँ पनि भूकम्पले ठूलो क्षति पुर्याएको छ । उद्धार टोली यहाँ पुग्दा एक बालिका र उनका भाइलाई भग्नावशेषमुनि जिउँदै थिचिएको देखेर उनीहरु छक्क परेका थिए । ती बालिकाले उद्धारकर्तालाई भनिन्, “मलाई यहाँबाट लैजानुहोस्, म जे भन्नुहुन्छ त्यही गर्छु, म जीवनभर तिम्रो दास भएर बस्छु।” त्यसमा उद्धारकर्ताले जवाफ दिए… होइन, होइन।
त्यसपछि उद्धार टोलीले बालिका र उनका भाइलाई बाहिर निकालेको थियो । बालिकाको नाम मरियम हो । भूकम्प जाँदा उनी भाइसँग ओछ्यानमा सुतेकी थिइन् । मरियमको भाइको नाम इलाफ हो। मुस्तफा जुहेर अल-सयदले भने कि उनकी श्रीमती र तीन बच्चाहरू सुतिरहेका थिए। त्यसपछि यो भूकम्प आयो । हामीले जमिन हल्लिएको महसुस गर्यौं। यसैबीच घरको भग्नावशेष हामीमाथि पर्न थाल्यो । हामी दुई दिनसम्म भग्नावशेषमुनि दबिएका थियौं । उनले भने, ‘यस समयमा मैले यो कसैलाई नहोस् भनेर मात्र सोचेँ ।’
जब मुस्तफा जुहेर र उनको परिवार भग्नावशेषमुनि दबिएका थिए, उनी ठूलो स्वरमा कुरान पढिरहेका थिए र प्रार्थना गरिरहेका थिए ताकि कसैले उनको आवाज सुनेर सहयोग गरोस्। त्यसपछि मानिसहरूले उनको आवाज सुने र मद्दत गर्न अगाडि आए। पहिले उनी, उनकी श्रीमतीको उद्धार गरियो। यसपछि उनीहरुका सन्तानलाई बचाइएको थियो । उनले उद्धारकर्तालाई धन्यवाद दिए ।
अल-सयदको घर इदलिब क्षेत्रमा पर्छ। यो क्षेत्र विद्रोहीको नियन्त्रणमा छ । यहाँ अहिलेसम्म १२२० जनाको मृत्यु भइसकेको छ । जबकि सयौं भवन ध्वस्त भएका छन्। योसँगै सरकार नियन्त्रित सिरियामा हालसम्म ८१२ जनाको मृत्यु भइसकेको छ । यति मात्र होइन मृतकको संख्या पनि बढ्न सक्ने सम्भावना छ ।
सोमबार बिहान ४ बजे टर्की र सिरियामा ७.८ म्याग्निच्युडको भूकम्प गएको थियो । यसले टर्की र सिरियामा ठूलो विनाश निम्त्यायो। भूकम्पका कारण अहिलेसम्म करिब ९ हजार जनाको मृत्यु भइसकेको छ । टर्कीमा ५ हजार ८ सय ९४ जनाको ज्यान गएको छ भने ३४ हजार ८ सय १० जना घाइते भएका छन् ।
योसँगै सिरियामा २१ सय जनाको ज्यान गएको छ । टर्की र सिरियामा गएको भूकम्पबाट करिब ११ हजार भवन ध्वस्त भएका छन् । टर्कीमा ८ हजार मानिसको उद्धार गरिएको छ । यहाँ ५५ हजारभन्दा बढी उद्धारकर्ता उद्धारमा संलग्न छन् । भिडियो हेर्न यहीँ थिच्नुहोस ।