शुक्रबार १९ जेठ २०८०

दिनको जम्मा तीस रुपैयाँ बचत गर्नुहोस र बन्नुहोस करोडपती, ल हेरौं आईडिया सहित
June 27, 2021 161
78
Shares
facebook sharing button Sharetwitter sharing button Tweetemail sharing button Emailsharethis sharing button Sharemessenger sharing button Share
करोडपति बन्ने रहर कसलाई पो नहोला र ? तर, कसरी बन्ने भन्ने बाटोचाहीँ धेरैले नदेखेका हुन सक्छन् । त्यसैले धेरै मान्छेहरु पैसा कमाउने लालचमा नकरात्मक काम गर्न पुग्छन् । र, एकदिन नराम्रोसँग फस्छन् ।आज हामी तपाईँलाई करोडपति बन्ने सरल उपाय सिकाउँदै छौं ।

करोडपति हुने सजिलो र दिगो बाटो भनेको सानै उमेरदेखि पैसाको महत्व बुझ्ने र लगानी गर्न शुरु गर्ने नै हो । वारेन बफेटले ११ बर्षको हुँदा लगानी गर्न शुरु गरेका थिए । अहिले उनी संसारकै दोस्रो धनी ब्यक्ति भइसेका छन् ।

अब लगानी गर्न पैसा चाहियो । पैसा आउने भनेको बचत गरेर हो । तपाईं जतिसुकै कमाउनुस् । तर अर्थ राख्ने भनेको तपाइंको बचतले नै हो । अर्थात् कुनैपनि मान्छे कमाएर धनी बन्न सक्दैन, धनी बन्न त कमएको पैसा बचत गर्न सक्नुपर्छ ।

आफ्नो कमाई र दैनिक खर्चको बिवरण राख्नु बचत शुरु गर्नु पहिलाको सबैभन्दा महत्वपूर्ण कदम हो । केहि दिनलाई असहज महसुस हुने वा दैनिक खर्च बिर्सने भए पनि १०/१५ दिन पछि यो सहज लाग्न थाल्छ र बचत गर्न ठूलो मद्दत पुग्छ ।

लुगाफाटा, तरकारी, दाल चामल, घर भाडा आदिको खर्च बिवरण राखेर पछि त्यस बिवरणमा आँखा डुँलाउँदा खर्चको बिश्लेषण र पुनसंरचना गर्न सकिन्छ । यस्तो गर्दा सानो खर्च कटौटी गर्ने गोरेटो फेला पर्यो भने मात्र पनि तपाईं करोडपति बन्ने हाइवेमामा अघि बढ्न सक्नुहुन्छ ।

बचतको महत्व कस्तो हुन्छ भन्ने कुरा त बैंकहरुमा आएको पछिल्लो तरलता संकटले नै प्रष्ट पार्छ । सर्वसाधारणको निक्षेप उनीहरुले गर्ने लगानी भन्दा कम भएर नै पछिल्लो समस्या आएको हो । अर्थात्, बचत कम हुँदा आफ्नो घरपरिवार मात्र नभएर समग्र अर्थतन्त्रमा नै नकारात्मक असा पर्छ । त्यसैले बिकसित देशहरुमा स-साना नानीहरुको पनि बैंक खाता खोल्ने र बचत गर्न सिकाउने परम्परा छ ।

यसरी खर्च कटौटी गरी दैनिक ३० रुपैंयामात्र वा महिनाको ९०० रुपैंयाँ मात्र बचत गर्न सक्नु भयो भने पनि तपाईं करोडपति बन्न सक्नुहुन्छ ।तपाईं अहिले २० बर्षको हुनुहुन्छ र दैनिक ३० रुपैंयाँ बचत गर्नुभयो भने ६० बर्षको उमेरमा तपाई करोडपति बन्न सक्नुहुन्छ । दैनिक ३० रुपैंयाँको हिसाबले महिनामा ९०० रुपैंयाँ बचत गर्नुस् । यहि ९०० रुपैंयाँ ४० बर्षसम्म जोखिम कम हुने कुनै म्युचल फण्डमा लगानी गर्नुस् । म्युचल फण्डले सामान्यत १२/१३ प्रतिशत रिर्टन दिन्छ । यति गर्नुभयो भने तपाईंको लगानीले गुणात्मक फड्को मार्छ ।

यस्तो अवसर पाको उमेरको मान्छेको लागि पनि उत्तिकै लाभदायक छ । तर बचत भने थोरै बढाउनुपर्ने हुन्छ । जस्तो, ३० बर्षको मानिसले दैनिक ९५ रुपैंयाँ, अर्थात् महिनाको २८ सय ५० रुपैंयाँ बचत गर्नुपर्ने हुन्छ ।तपाईंलाई लगिरहेको होला कि ४० बर्ष भनेको धेरै लामो समय हो । अलि छिटो गर्ने केहि उपाय छ ?

यदि तपाईंको म्युच्युअल फण्ड राम्रो छ र १५ प्रतिशत नाफा दिन्छ भने तपाईं ३५ बर्षमा करोडपति हुन सक्नुहुन्छ । अझ म्युचल फण्डले दिने लाभांस पनि लगानीगर्दै जानुभयो भने अझै छिटो हुनसक्छ ।हाल नेपालमा ५ देखि ७ बर्षसम्मका म्युचल फण्डहरु छन् । आगामी दिनहरुमा नयाँ म्युच्युअल फण्डहरु आउने क्रम जारी नै रहन्छ ।

यहाँ ब्यवसायिक र अनुभवी मानिसहरुले अध्ययन अनुसन्धान गरेर तपाईंको पैसा लगानी गर्ने हुनाले म्युचुअल फण्डको उदाहरण दिइएको हो । यदि आफैं सेयर बजारमा लगानी गर्न चाहनुहुन्छ भने तपाईं अझै चाँडै धनी हुन सक्नुहुन्छ । तर, आफैं सेयेर बजार पस्दा जोखिम भने धेरै हुन्छ । याद राख्नुहोस्, बारेन बफेट सेयरमा लगानी गरेर विश्वको दोस्रो धनी व्यक्ति हुन सफल भएका हुन् ।


Last Updated on: June 28th, 2021 at 11:45 am
१६१८ पटक हेरिएको

तपाईको प्रतिक्रिया