
काठमाडौको घरघरमा धाराको पानी आउन थालेको छ । मेलम्चीको पानी धेरै वर्ष धाएर आएको हो । तर लेरायो कस्ले ? भन्ने प्रश्न फेरि उब्जिएको छ । तपाई आफ्नो विचार कमेन्ट गर्नुस :- कृष्ण बहादुर भट्टराई , बिना मगर कि केपी ओली कमेन्ट गर्नुस
2कोठाका भित्ताभरि दर्जन तस्बिर छन् । नेपालको राष्ट्रिय ध्वजावाहक नेपाल एयरलाइन्सका सुरुवाती दिनदेखिकै जहाजका तस्बिरहरूले उनको कार्यकक्षको शोभा बढाएको छ ।तस्बिरमा भएकामध्ये कतिपय जहाज अहिले ‘फेज आउट’ भइसकेका छन्, कति चाहिँ त्रिभुवन विमानस्थलमा ग्राउन्डेड अवस्थामा ‘घाम तापिरहेका’ छन् । उनको बाल्यकाल तिनै जहाज उडाउने पाइलट बन्ने सपनाका साथ बित्यो । जबकी अभिभावक चाहन्थे उनी डक्टर बनुन् । अभिभावकको इच्छा विपरित पाइलटका रूपमा उनले जहाज उडाउन थालेको पनि १२ वर्ष बितिसकेको छ ।**** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला*****
उनी अहिले नेपाल वायुसेवा निगमको पाइलट हुन् । यति मात्र होइन अपरेसन म्यानेजरका रूपमा निगमको नेतृत्व तहको जिम्मेवारी समेत सम्हाल्दै छन् । उनी हुन् दीपु जुहार्चन । सुन्धारास्थित नेपाल वायुसेवा निगमको चौथो तल्लामा रहेको उनको कार्यालयका भित्तामा सजिएका जहाजका फोटोबारे उनले भने, ‘ यो कोठामा पुरै हिस्ट्री छ’ ।
जहाजको ‘हिस्ट्री’ उनको कार्यकक्षका तस्बिरमा छँदैछ । तर निगमसँगै उनको परिवारको ‘हिस्ट्री’ पनि जोडिन्छ । दीपुको परिवार निगमको सुरुआती दिनसँगै यो क्षेत्रमा जोडिन पुगेका हुन् ।
बा र आमापछि अब दीपुले निगममा काम गर्न थालेको पनि जोड्ने हो भने आधा शताब्दी कट्छ । ६१ वर्ष पुगेको निगममा जुहार्चन परिवारको संलग्नता कूल मिलाएर ५६ वर्ष पुगिसक्यो । दीपुका बुबा क्याप्टेन यामप्रसाद जुहार्चनको २४ बर्ष, आमा सुमिली जुहार्चनको २० वर्ष र दीपुको १२ वर्ष गरी जुहार्चन परिवारले कूल ५६ वर्ष निगममार्फत् ‘राष्ट्रसेवा’ गरेको छ । तीनमध्ये बाबु यामप्रसाद र दीपु निगमका जहाज उडाउने क्याप्टेन हुन् भने आमा सुमिली एयर होस्टेस् ।मुस्ताङ सदरमुकाम जोमसोमबाट २ घण्टाको पैदल दुरीमा पर्छ एउटा सुन्दर बस्ती मार्फा ।
त्यहाँबाट राजधानी पुगेर पढ्ने पहिलो व्यक्ति थिए, यामप्रसाद जुहार्चन । सिद्धार्थ वनस्थलीबाट एसएलसी गरेपछि यमप्रसाद पाइलट तालिमका लागि अमेरिका गए ।बाबुले पाइलट बन्ने बाटो रोज्नु पछाडिको कारणबारे दीपु अनभिज्ञ छन् । अहिले हवाई र सडकमार्गले जोडिए पनि त्यतिबेला पोखराबाट म्याग्दीको बेनी हुँदै ३–४ दिन हिँडेर मार्फा पुग्नुपथ्र्ये। त्यसैले पनि हवाइ यात्राबाट यो दुरी छोट्याउने बुवाको रहर होला जस्तो लाग्छ दीपुलाई । आमा सुमिली भने धरानकी हुन् । लामो समयदेखि हस्पिटालिटी क्षेत्रमा कार्यरत उनी पनि पछि एयर होस्टेस भएर नेपाल वायुसेवा निगममा प्रवेश गरिन् ।**** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला