
कलाकार ज्योति मगरले सञ्चारकर्मी रूपा सुनारलाई जातकै कारण कोठा नदिइएको प्रस्ट भएकाले कुरा नबंग्याउन चेतावनी दिएकी छन्। शुक्रबार सामाजिक सञ्जालमार्फत कलाकार मगरले तर्क गर्ने क्षमता छ भन्दैमा विभेदलाई ढाकछोप नगर्न आग्रह गरेकी हुन्।
‘तर्क गर्न सक्ने क्षमता छ भन्दैमा गलतलाई सही र सहीलाई गलत साबित गर्न खोज्ने सबै समाज भँडुवा हुन्। जति नै तर्क वितर्क गरेर सामाजिक सञ्जालमा भुके पनि रूपा सुनार कामी भाकै कारण प्रधानको घरमा कोठा नपाको प्रस्ट छ,’ उनले भनेकी छन्, ‘आजको युगमा पनि यस्ता घटना हुनु निन्दनीय र अमानवीय हो।’
जो चोर उसकै ठूलो स्वर भनेजसरी सामाजिक सञ्जालमा दलितलाई गाली गरिएको भन्दै कलाकार मगरले सके सत्यको पक्ष लिनु नसके झुटोलाई साथ नदिन आग्रह गरेकी छन्। ‘कति बकम्फुसे तर्क गरेको हौ फेसबुकमा,’ उनले लेखेकी छन्, ‘सक्छौ सहीलाई साथ देऊ, सक्दैनौ गलतलाई पनि साथ नदेऊ।’
***
मासिक सय रूपैयाँ तिरेर पढेकी अस्मिता संसारकै महँगो कलेजमा पढ्न स्विट्जरल्यान्ड प्रस्थान
काठमाडाैं । मासिक रु एक सय शुल्कमा पढाइ हुने नेपालकै सस्तो विद्यालयमा पढेकी एक छात्राले संसार कै महँगो मध्येको कलेज पढ्न स्विट्जर ल्यान्ड गएकी छन् । उत्तम सञ्जेलले सञ्चालन गरेको समता शिक्षा निकेतनबाट एसईई उत्तिर्ण गरेकी चितवनकी अस्मिता अधिकारी संसारको महंगो मध्ये एक र सुविधायुक्त आइगलन कलेज स्वीजरल्याण्डमा छात्रवृत्तिमा पढ्न गएकी हुन् ।
अध्ययनका लागि वार्षिक करिब २ करोड शुल्क लाग्ने उक्त कलेजमा पढ्का लागि अस्मिताले चार वर्षे निःशुल्क छात्रवृत्ति पाएको समता शिक्षा निकेतनका संस्थापक उत्तम सञ्जेलले बताए । जोन कर्टेलले १९४९ मा स्थापना गरेको उक्त कलेज संसारकै विशिष्ट कलेज मध्येमा गनिन्छ । भारतीय अभिनेता अमिताभ बच्चनका छोरा अभिषेक बच्चनले समेत त्यहीं पढेका थिए ।
नेपालमा जन्मिएका व्यापारी तथा गैस आवासीय नेपाली सँगमा पूर्व अध्यक्ष उपेन्द्र महतोकी छोरीले मात्रै त्यहाँ पढ्ने अवसर पाएकी छन् । अस्मिताका बुबा अमृत ट्याक्सी चा’लक हुन् । रोजगारीका लागि खाडी मूलुक गएका उनी विरामी परेर नेपाल फर्केपछि छोरा छोरीलाई पढाउने कुनै उपाय नहुँदा समतामा भर्ना गरेका थिए । एक छोरीले समताबाटै प्लस टु उत्तिर्ण गरेकी छन भने भर्खर एसईई दिएकी अस्मिताले सँसारकै महँगो मध्येको कलेज पढ्न अबसर पाइन् ।
अस्मिताका बुबा अमृतले छोरी विश्वकै महँगो कलेजमा छात्रवृत्तिमा पढ्न पाउने भएपछि एकदमै खुसी व्यक्त गरेका छन। उनी भन्छन्, “ट्याक्सी चलाएरै मैले महँगो कलजेमा पढाउन सक्दैनथे। तर बीचमा यस्तो मौका जुरेको छ । छोरीलाई सस्तो स्कुल भनेर समता स्कुलमा पढाएको थिएँ ।”