
अ’भिनेता पल शाहलाई रियल हिरो अफ दि इयरबाट सम्मानित गरिएको छ । कोरोना भा’इरसको कारण भएको लकडाउनले गर्दा बेरोजगार बनेका चलचि’त्रकर्मीहरुलाई राहत सहयोग गर्न शुरु भएको ‘रजतपट कोशेली अभियान’ले पललाई सम्मान गरेको हो ।
कोरोना भाइरस पीडितको उद्दार र सहयोगमा लागिपरेका पल शाहलाई सोहि सामाजिक कामको लागि यो सम्मान गरिएको रजतपट को’शेलीका प्रकाश सुवेदीले जानकारी दिए ।
उक्त सम्मान लिन पल भने अनुपस्थित थिए । उनि राहतकै लागि काठमाण्डौ बाहिर रहेको कारण सम्मान लिन उनि नआएको सुवेदीले बताए । उनको सम्मान पत्र अभिनेता भुवन केसीले पढेर सुनाएका थिए । सोहि का’र्यक्रममा बिरामी परेकी मोडल निशा घिमिरेलाई ११ लाख सात हजार आठ सय रुपैयाँ सहयोग पनि गरिएको छ ।